काठमाडौं- नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले हअरेक वर्ष आयोजना गर्दै खेलकुद क्षेत्रको प्रतिष्ठित अवार्ड ‘एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड’मा अन्तर्राष्ट्रिय कम्पनी केल्मी नेपालको साथ रहने भएको छ ।
अवार्डको सहप्रायोजनका लागि मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी (देवेन्द्र) र कामारु ट्रेडिङका म्यनेजिङ डिरेक्टर उत्तम न्यौपानेले बिहिबार एक कार्यक्रमकाबीच सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
नेपालको आधिकारीक बिक्री वितरक कामारु ट्रेडिङ प्रालिसँग तीन वर्षकाका लागि सम्झौता भएकोछ । आगामी असार १७ गते आयोजना हुने अवार्डका लागि केल्मी नेपालले २०० टिसर्ट र विभिन्न विधामा मनोनित खेलाडीका लागि ३० थान ट्रयाक सुट उपलब्ध गराउनेछन् ।
यससँगै मञ्चले अवार्डको प्रत्यक्ष प्रशारणका लागि एभिन्युज टेलिभिजनसँग सम्झौता नवीकरण गरेको छ । मञ्चका अध्यक्ष सुवेदी र एभिन्युज टिभीका सिईओ समृद्धि राज कर्णिकारबीच सम्झौता पत्रमा हस्ताक्षर गरे ।
यसपटक पिपल्स च्वाइस अवार्डसँगै वर्ष उत्कृष्ट खेलाडी पुरुष तथा महिला, युवा वर्ष खेलाडी, वर्ष प्रशिक्षक, पारा एथलिट, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, टिम अफ द इयर र यस्तै यस वर्षबाट इन्टरनेसनल एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड गरी १० विधामा अवार्ड प्रदान गरिने आयोजक मञ्चले जनाएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४