सोमबार, साउन २५, २०८३

मृत्युवरण रोज्ने ति किशोरी...

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

मानव जीवन सुखदुःखको सम्मिश्रण हो। उतारचढाव जति नै भए पनि जोकोही व्यक्ति मर्नदेखि निकै डराउँछ। जीवनबाट निराश भएका केही व्यक्ति भने आत्महत्या रोज्छन्। आत्महत्या कानुनी वा गैरकानुनी भन्नेचाहिँ देशको कानुनअनुसार छ।

कतिपय देशमा अहिले मृत्युवरणले वैधानिकता पाइसकेको छ। त्यस्तै देश हो नेदरल्यान्ड्स र नेदरल्यान्ड्सकी नोआ पार्टहोवेनको काण्ड। नेदरल्यान्ड्सको राजधानी एमस्टरड्यामकी १७ वर्षीया नोआ पार्टहोवेनले घरमै डाक्टर बोलाएर मृत्युवरण गरेकी छन्।

इच्छामृत्युको कारण  

नोआ सानो उमेरमै यौनशोषणको सिकार भएकी थिइन्। पहिलोपटक ११ वर्षमा बलात्कारको सिकार भएकी नोआ पुनः १४ वर्षको उमेरमा यौनशोषणमा परिन्। जसका कारण उनी डिप्रेसनबाट ग्रसित भइन्। केही समयदेखि उनलाई ‘अनोरोक्सिया’ (खाना र भोक नलाग्ने) रोगले पनि सताएको थियो।

उनले आफ्नो जीवनको भोगाइमा आधारित ‘विनिङ अर लर्निङ’ नामक किताब लेखेकी छन्। पुस्तकमा उनले यौनशोषणमा परेकाहरू कसरी बाँच्न सक्छन् भन्ने उल्लेख छ।

तर, उनका लागि भने ती पीडामुक्त हुन सहज भएन। जसका कारण उनले मृत्युवरण गरिन्। गत हप्ता उनले आफ्नो इन्स्टाग्राम अकाउन्टमा १० दिनभित्र मृत्युवरण गर्न लागेको पोस्ट गरेकी थिइन्। वर्षौंदेखि सामना गर्दै आएको उक्त घटनाबाट बाहिर निस्कन नसकेपछि उनले मृत्युवरण गर्ने निर्णय गरेकी हुन्।

नोआको मृत्यु सामान्य तवरले नै भएको नेदरल्यान्ड्सका मिडियाले जनाएका छन्। नेदरल्यान्डमा स्वमृत्युवरणको कानुनी व्यवस्था छ। ‘टर्मिनेसन अफ लाइफ अन रिक्वेस्ट एन्ड असिस्टेट सुसाइट एक्ट अफ २००१’ का अनुसार डाक्टरको अनुमतिमा बिरामी आफ्नो पीडा सहन नसक्ने भएमा उसले मृत्युलाई अंगाल्न पाउँछ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

५४ जना सन्तानका पिता अब्दुल रहेनन्

५४ जना सन्तानका पिताको रुपमा चर्चित पाकिस्तानका अब्दुल मजिद मैंगलको निधन भएको छ।

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्।

बालेनका नाममा २८ केजीको खसी बाजी!

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको नाममा दुई युवाले २८ केजीको खसी बाजी राखेका छन्।

जब छोरा पाउने विश्वासमा गर्भवतीको टाउकोमा किला ठोकियो...

२१औं शताव्दीमा पनि मानिस धार्मिक अन्धविश्वासमा रहेका छन्। धार्मिक अन्धविश्वासकै कारण पाकिस्तानमा एउटा अनौठो घटना घटेको छ।

जसले १० करोड रङलाई चिन्न सक्छिन्

कन्सेटा एन्टिकोका आँखामा चौथो कलर रिसेप्ट छ। जसले गर्दा उनले १० करोड रङलाई चिन्न सक्छिन्।