सोमबार, साउन २५, २०८३

कतारमाथी ब्राजिलको सहज जित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा कतारमाथी ब्राजिलले सहज जित निकालेको छ । बुधबार राति भएको खेलमा ब्राजिलले कतारलाई  २-० ले पराजित गरेको हो । 

ब्राजिलको जितका लागि रिचार्लीसन र ग्याब्रिएल जेससले एक एक गोल गरे । दुबै गोल पहिलो हाफमा सम्भव भएका थिए । खेलको १६ औं मिनेटमा रिचार्लीसनले गोल गर्दै ब्राजिललाई अग्रता दिलाए । उनले अलाभेसको पासमा गोल गर्दै ब्राजिललाई अग्रता दिएका हुन् । 

त्यस्तै खेलको २४ औं मिनेटमा ग्याब्रिएल जेससले गोल गर्दै ब्राजिललाई पहिलो हाफमा २-० को अग्रता दिलाए । उनले रिचार्लीसनको सापमा गोल गरेका थिए । दोस्रो हाफमा भने दुबै टोलीबा कुनै थप गोल हुन नसक्दा खेल ब्राजिलले आफ्नो पक्षमा पारेको हो ।  

ब्राजिलले आफ्नो घरेलु मैदानमा हुने कोपा अमेरिकाको तयारीका लागि मैत्रिपूर्ण खेल खेल्न लागेको हो । त्यस्तै दोस्रो मैत्रिपूर्ण खेल ब्राजिलले सोमबार होन्डुरससाग खेल्दै छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।