मंगलबार, साउन २६, २०८३

आज नेपालले चाईनिज ताईपेइसँग खेल्दै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- नेपाली राष्ट्रिय फुटबल टोलीले आज (बिहिबार)  चाईनिज ताईपेइसँग मत्रिपूर्ण खेल खेल्दै छ । खेल नेपाली समय अनुसार दिउँसो ४:४५ बजे सुरु हुनेछ । 

आफु भन्दा बलियो टोली  चाईनिज ताईपेइलाई चुनौती दिन नेपाली टोली तयार रहेको छ । नेपाली टोली मैत्रिपूर्ण फुटबलका लागि मंगलबार नै  चाईनिज ताईपेइ पुगी सकेको छ ।  नेपाली टोली गत आईतबार मलेसियासँग मैत्रीपुर्ण फुटबलमा २-० ले पराजित भएको थियो ।

राष्ट्रिय टोलीको प्रशिक्षकमा कालिनलाई नियुक्त गरेपछि तीन खेल्दा पनि कुनै खेल जित्न सकेको छैन् । नेपालले त्यसअघि कुवेतविरुद्ध एक बराबर र एक हार बेहोरेको थियो । विश्वकप छनोटको तयारीमा रहेको नेपाली टोलीले बलियो टोलीसँग खेल्नु परिक्षण रहेको प्रशिक्षक कालिनले बताएका छन् । 

‘बलियो टोलीको सामना गर्दै आफ्नो परिक्षण गर्न तयार छौं । मैले टोलीका खेलाडीबारे बुझ्न बाँकी रहेकाले पहिलो रोजाईको खेलाडी छान्न कठिन भएको छ र युवा खेलाडीलाई पिन परिक्षण गर्दै छु,’ उनले भने ‘मलेसियासँगको खेल पछि केही नियमित खेलाडी घाइते भएका छन् ।  त्यसैले गर्दा नयाँ टोलीसँग केही गाह्रो भने पक्कै हुनेछ । तर पिन खेलाडीको प्रदर्शन देखेर म खुसी छु ।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।