सोमबार, साउन २५, २०८३

रोनाल्डोको ह्याट्रिकमा पोर्चुगल फाईनल प्रवेश 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- स्टारटस्ट्राइकर क्रिस्टियानो रोनाल्डोको  ह्याट्रिक गरेपछि पोर्चुगल नेसन्स लिग फुटबलको फाईनलमा प्रवेश गरेको छ । सेमिफाईनलमा स्विटजरल्याण्डलाई ३–१ गोलले पराजित गर्दै पोर्चुगल फाईनल प्रवेश गरेको हो ।

पोर्चुगलको जितका लागि तीनवटै गोल रोनाल्डोले गरेका थिए स्विटजरल्याण्डका लागि रिकार्डो रोड्रिग्युजलले एक गोल फर्काए । खेलको २५ औं मिनेटमा फ्रिकिकमा गोल गर्दै रोनाल्डोले पहिलो हाफमा पोर्चुगललाई १-० को अग्रता दिलाएका थिए । तर ५७ औं मिनेटमा स्विटजरल्याण्डका रिकार्डोले पेनाल्टीमा गोल गर्दै  खेल १-१ को बराबरीमा ल्याए । 

त्यसपिछ खेलको ८८ औं मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल पोर्चुगललाई पुन: २-१ कव अग्रता दिलाए । त्यसको दुई मिनेट नबित्दै रोनाल्डोले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पुरा गरे । अब उपाधिका लागि पोर्चुगलले बिहिबार हुने ईङ्ल्याण्ड र नेदरल्याण्डबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । फाईनल खेल आईतबार पोर्टोमा हुनेछ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।