सोमबार, चैत ३०, २०८२

रोहितको शतकमा भारतको विजयी सुरुवात

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी - रोहित शर्माको शतकीय पारीको मद्दतले आईसीसी एकदिवसीय विश्वकपमा क्रिकेटमा भारतले दक्षिण अफ्रीकालाई पराजित गर्दै विजयी सुरुवात गरेको छ  । बुधबार भएको खेलमा भारतले दक्षिण अफ्रीकालाई ६ विकेटले पराजित गर्दै भारतले सुखद सुरुवात गरेको हो ।

दक्षिण अफ्रीकाले दिएको २२८ रनको मध्यम लक्ष्य पछ्याएको भारतले ४७.३ ओभरमा मात्र ४ विकेट गुमाएर पुरा गर्यो । भारतका लागि रोहित शर्माले अविजित १२२ रनको शतकीय पारी खेले । उनले १४४ बलमा १३ चौका र २ छक्कासहित १२२ रनको योगदान दिएका हुन् । 

त्यस्तै महेन्द्र सिंह धोनीले ३४ रन जोड्दा लोकेश राहुलले २६ रन बनाए । कप्तान विराट कोहली १८ रनमा आउट हुँदा शिखर धवन ८ रनमा पेभेलियन फर्किए । हार्दिक पाण्डयले अविजित १५ रन बनाए । दक्षिण अफ्रीकाका कागीसो राबडाले २ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रीकाले ५० ओभरमा ९ विकेट गुमाउँदै २२७ रन जोडेको थियो । दक्षिण अफ्रीकाका लागि क्रिस मोरिसले ४२ रन जोडे । उनले ३४ बलमा १ चौका र २ छक्का प्रहार गर्दै ४२ रन जोडेका हुन् । फाप डुप्लेसीले ३८ रन जोडे । उनले ५४ बल खेल्दै ४ चौकाको मद्दतमा ३८ रन जोडेका हुन् । 

त्यस्तै एन्डिले फेलुक्वायोले ६१ बलमा २ चौका र १ छक्का सहित ३४ रन जोडे । डेभिड मिलरले ४० बलमा १ चौका सहित ३१ रन जोडे । कागिसो राबाडाले ३५ बलमा २ चौका प्रहार गर्दै खविजित ३१ रन जोडे । रासीइ भान डेर डुसेनले २२, क्विन्टन डिकँकले १० रन जोडे । 

भारतका लागि युजेन्द्र चाहलले ४ विकेट लिए । त्यस्तै जस्प्रित बुम्राहले र भुवनेश्वर कुमारले दुई दुई तथा कुलदिप यादवले एक विकेट लिए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।