एजेन्सी- आईसीसी एकदिवसीय विश्वकपमा क्रिकेटमा दक्षिण अफ्रीकाले भारतलाई २२८ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको । टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रीकाले ५० ओभरमा ९ विकेट गुमाउँदै २२७ रन जोडेको हो ।
दक्षिण अफ्रीकाका लागि क्रिस मोरिसले ४२ रन जोडे । उनले ३४ बलमा १ चौका र २ छक्का प्रहार गर्दै ४२ रन जोडेका हुन् । फाप डुप्लेसीले ३८ रन जोेड । उनले ५४ बल खेल्दै ४ चौकाको मद्दतमा ३८ रन जोडेका हुन् ।
त्यस्तै एन्डिले फेलुक्वायोले ६१ बलमा २ चौका र १ छक्का सहित ३४ रन जोडे । डेभिड मिलरले ४० बलमा १ चौका सहित ३१ रन जोडे । कागिसो राबाडाले ३५ बलमा २ चौका प्रहार गर्दै खविजित ३१ रन जोडे । रासीइ भान डेर डुसेनले २२, क्विन्टन डिकँकले १० रन जोडे ।
भारतका लागि युजेन्द्र चाहलले ४ विकेट लिए । त्यस्तै जस्प्रित बुम्राहले र भुवनेश्वर कुमारले दुई दुई तथा कुलदिप यादवले एक विकेट लिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४