सोमबार, चैत ३०, २०८२

प्रदेश ३ लाई पराजित गर्दै आर्मी फाइनलमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- विभागीय टोली त्रिभुवन आर्मी प्रधानमन्त्रि कप एकदिवसीय क्रिकेटको फाइनल प्रवेश गरेको छ । कीर्तिपुरस्थित टियु मैदानमा बुधबार भएको सेमिफाइनल खेलमा प्रदेश ३ लाई ११७ रनले पराजित गर्दै आर्मी फाइनल प्रवेश गरेका हो । 

आर्मीले दिएको ३१० रनको लक्ष्य पछ्याएको प्रदेश ३ ले ५० ओभरमा ९ विकेट गुमाउँदै मात्र १९२ रन बनाउन सक्यो । प्रदेश ३ का लागि इसान पाण्डेले ७९ रनको अर्धशतकीय पारी खेले पनि टोलीको जितका लागि प्रयाप्त भएन् । उनले ११७ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै ७९ रनको अर्धशतकीय पारी खेलेका हुन् । 

ज्ञानेन्द्र मल्लले २६, कप्तान पारस खड्काले १९, नन्दन यादवले १८  र आदिल खानले १५ रन जोड्न बाहक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन छुन सकेनन् । आर्मीका लागि शाहब आलमले तीन र करन केसीले दुई विकेट लिए । त्यस्तै सुसन भारी, रोहित पौडेल र कुसल मल्लले एक एक विकेट लिए । 

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आर्मीले ५० ओभरमा ६ विकेट गुमाउँदै ३०९ रन बनाएको थियो । आर्मीका लागि कप्तान विनोद भण्डारी र राजु रिजालले अर्धशतकीय पारी खेले । भण्डारीले आक्रमक ब्याटिङ गर्दै मात्र ४२ बलमा ५ चौका र ५ छक्का प्रहार गर्दै ७५ रनको अविजित योगदान दिए । 

त्यस्तै राजुले ८६ बलमा ४ चौका र २ छक्काको मद्दतमा ५१ रन जोडे । रोहित कुमार पौडेलले ३५ बलमा ४ चौका र १ छक्का सहित ४३ रनको योगदान दिए । हरि चौकाहानले ३७ बलमा ४ चौका र १ छक्का सहित ३८, राजेश पुलामी मगरले ३९ बलमा २ चौका सहित २९, करन केसीले २१, हरिशंकर झाले १२ रन जोड्दा कुसल मल्लले अविजित २६ रन जोडे ।  

प्रदेश ३ का लागि जितेन्द्र ठकुरी र नन्दन यादवले समान दुइ दुई विकेट लिए । त्यस्तै कप्तान पारस खड्का र सोनु देबकोटाले एक एक विकेट लिए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।