सोमबार, चैत ३०, २०८२

विश्वकपमा पहिलो खेल खेल्दै भारत

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- इंग्ल्यान्ड र वेल्समा संयुक्त रुपमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा भारतले आफ्नो पहिलो खेल खेल्दै छ । सहभागी १० टोली मध्य धेरै जसो टिमले दुई खेल खेलिसक्दा भारतले भने पहिलो खेल खेल्ना लागेको हो । 

भारतले आफ्नो पहिलो दक्षिण अफ्रीकासाग खेल्दै छ । खेल नेपाली समय अनुसार दिउँसो ३:१५ बजे सुरु हुने छ । भारतको यो पहिलो खेल हुँदा दक्षिण अफ्रीकाको भने यो तेस्रो खेल हो । 

सुरुवाती दुई खेल गुमाएको दक्षिण अफ्रीका भारतलाई पराजित गर्दै प्रतियोगितामा पुनरागन मगर्न चाहन्छ । तर, भारतलाई पराजित गर्न दक्षिण अफ्रीकालाई त्यती सजिलो भने छैन् । दक्षिण अफ्रीकाले आफ्ना बलर डेल स्टेन र लुङ्गी एङ्गीडीलाई चोटका कारण गुमएको छ । 

यता यस खेलका लागि भारतका कप्तान विराट कोहली र रोहित शर्मालाई हेरिएको छ भने बलिङ फर्त कुलदिप यादव र मोहम्मद सामी रहेका छन् । त्यस्तै दक्षिण अफ्रीकाका लागि क्वुन्टन डि कक र फाफ् डु प्लेसी रहेका छन् । बलिङतर्फ इमरान ताहीर कागिसो राबडालाई यस खेलका लागि मुख्य खेलाडीको रुपमा हेरिएको छ । 

अजै हुने अर्को खेलमा बंगलादेश र न्युजल्यान्ड भिड्दै छन् । खेल नेपाली समय अनुसार बेलुका ६:१५ बजे सुरु हुने छ । दुबै टोलीले एक एक खेल जितेका छन् । बंगलादेशले आफ्नो पहिलो खेलमा दक्षिण अफ्रीकालाई २१ रनले पराजित गरेको थियो भने न्युजल्यान्डले श्रीलंकालाई १० विकेटले पराजति गरेका थियो । 

पछिल्ल पाँच खेलमा बंगलादेशमाथी न्युजल्यान्ड भने हाबी देखीएको छ । पाँच खेलमा तीन खेल न्युजल्यान्डले जित्दा दुई खेल बंगलादेशले जितेको छ। यस वर्ष भएको तीन खेलको सिरिजमा भने बंगलादेश न्युजल्यान्डसँग ३-० ले नै पराजित भएको थियो । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।