आइतबार, साउन २४, २०८३

कुसल परेराको अर्धशतकमा अफगानिस्तानलाई सामान्य लक्ष्य

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी– कुसल परेराको उत्कृष्ट अर्धशतकको मद्दतले आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा श्रीलंकाले अफगानिस्तालाई १ सय ८७ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको श्रीलंकाले ३६.५ ओभरमा सबै विकेट गुमाउँदै २ सय १ रन जोडेको थियो ।

बर्षाले प्रभावित पारेपछि खेल ४१ ओभरमा घटाउँदै अफगानिस्तालाई १ सय ८७ रनको लक्ष्य सुम्पेको हो । सानदार सुरुवात गरेको श्रीलंकाका मध्यक्रमका ब्याट्सम्यान नचल्दा सामान्य योगफलमै सिमित भएको हो । श्रीलंकाका लागि कुसलले ७८ रनको उत्कृष्ट अर्धशतकीय पारी खेले । उनले ८१ ब्लमा ८ चौका प्रहार गर्दै ७८ रन जोडेका हुन् ।

त्यस्तै कप्तान डिमुथ करुनारत्नले ३० रन जोडे । उनले ४५ बलमा ३ चौका प्रहार गर्दै ३० रनको योगदान दिए । लाहिरु थिरिमानेले ३४ बलमा १ चौका प्रहार गर्दै २५ रन जोडे । लक्मलले १५ र रुसुरु उदानाले १० रन जोड्न बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन छुन सकेनन् ।

१३ ओभरमा ९२ रन पुग्दा पहिलो विकेट गुमाएको श्रीलंकाले २२ औं ओभरमा १४४ रनमा दोस्रो विकेटको रुपमा थिरिमानेलाई गुमायो । त्यसपछि एक पछि अर्को गर्दै श्रीलंकाले विकेट गुमाउँदै गरे पछि श्रीलंका संकटमा पर्यो ।
अफगानिस्तानका लागि मोहम्मद नाबीले ४ विकेट लिए । त्यस्तै डवालत जद्रान र राशिद खानले समान दुई दुई विकेट लिदा हामिद हसनले एक विकेट लिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।