एजेन्सी- रियल मड्रिडका पूर्व प्रशिक्षक जृलेन लोपेटेगुई अर्को स्पेनीस ला लिगा क्लव सेभिल्लामा नियुक्त भएका छन् । यसै सिजन उनी रियलो प्रशिक्षकमा नियुक्त भएका थिए ।
५२ बर्षे लोपेटेगुई विश्वकप २०१८ को पूर्व सन्ध्यामा रियलको प्रशिक्षक नियुक्त भएसँगै स्पेनको राष्ट्रिय टोलीबाट बर्खास्त गरेको थियो । तर, यस सिजन रियलमा नियुक्त भएसँगै रियलले खराब प्रदर्शन गरेपछि उनी क्लबको प्रशिक्षणबाट बर्खास्त भए।
उनको प्रशिक्षणमा रियलले १० खेल खेल्दा चार खेलमा जित, दुई बराबरी र चार खेल गुमाउँदै नवौं स्थानमा पुगेको थियो । रियलमा उनले मात्र साढे चार महिना बिताएका थिए । यस सिजन ला लिगको छैटौं स्थानमा रहँदै सेभिल्लाले लिगको अन्त्य गरेका थियो ।
उनले जोकिन क्यापरोसको स्थान दिने छन् । उनलाई सेभिल्लाले तीन बर्षका लागि अनुबन्ध गरेको छ । लोपेटेगुईले २००३ बाट आफ्नो प्रशिक्षण जीवनको सुरुवात गरेका थिए । स्पेनको दोस्रो डिभिजनको क्लब रायो भ्यालेकानोबाट सुरु गरेका थिए । उक्त क्लबमा उनले १० खेल पछि छोडी दिएका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४