शुक्रबार, असोज ९, २०८३

नेयमारलाई बार्सिलोना जान नदिने पिएसजीको घोषणा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- ब्राजिलियन स्ट्राइकर नेयमारलाई पेरिस सेन्ट जर्मन (पिएसजी)ले आफ्नो पूर्व क्लब बार्सिलोना फर्किन नदिने घोषणा गरेको छ । पछिल्लो समय स्पेनिस क्लब बार्सिलोना र रियल मड्रिडले नेयमारलाई अनुबन्ध गर्न इच्छुक देखिएका बेला पिएसजीले यस्तो अभिव्यक्ती दिएको हो । 

पछिल्लो रिपोर्ट आनुसार बार्सिलोनाका कप्तान लियोनल मेस्सीले नेयमारलाई क्लबमा फर्काउन दबाब दिएको जनाएको छ । अर्को सिजन एट्लेटिको मड्रिडका स्ट्राइकर एन्टोनी ग्रिजमन बार्सिलोनामा अनुबन्ध हुने लगभग पक्का पक्कीछ ।

तर, उनको स्थानमा ब्राजिलियन स्ट्राइकर नेयमारलाई क्लबमा फर्काउन कप्तान मेस्सीले दबाब दिएका छन् । तर, पिएसजीका अध्यक्ष नासिर अल खेलाइफीले नेयमार बेच्ने प्रति इच्छा देखाएका छैनन् । 

यता बार्सिलोनामा भने ग्रिजमनलाई अनुबन्ध गर्नु भन्दा नेयरमालाई फर्काउनु सहकत भएका छन् । ग्रिजमनले बार्सिलोनामा अनुबन्ध हुनका लागि अर्को महिना एट्लेटिको मड्रिड छोड्र्नु पर्ने थियो । तर, हाल ग्रिजमन प्रति बार्सिलोनाको रुची सुस्ताएको जनाएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।