एजेन्सी- आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज (मंगलबार) अफगानिस्तान र श्रीलंकाले प्रतिस्पर्धा गर्दै छन् । सोफिया गार्डेनमा खेल नेपाली समय अनुसार दिउँसो ३:१५ बजे सुरु हुने छ ।
१२ संस्करणको विश्वकपमा निराशा सुरुवात गरेको अफगानिस्तान र श्रीलंका पहिलो जितको खोजीमा छन् । दुबै टोलीले आफ्नो पहिलो खेल गुमाएका थिए । आफ्नो पहिलो खेलमा श्रीलंका न्युजल्यान्डसँग स्तब्ध भएको थियो ।
१३७ रनको लक्ष्य दिएको श्रीलंका न्युजल्यान्डसँग १० विकेटले पराजित भएको थियो । त्यस्तै अफगानिस्तानले विश्वकपको दाबेदार मानीएको अष्ट्रेलियासँग ७ विकेटले पराजित भएको थियो ।
पछिल्ला तीन भेटमा अफगानिस्तानमाथी श्रीलंका हाबी देखीएको छ । तर, पछिल्लो पटकको खेलमा अफगानिस्तानले श्रीलंकाकालाई पराजति गरेको छ ।
अविस्वासकीय नतिजा निकाल्न माहीर अफगानिस्तानले २०१८ मा भएको एशीया कपमा श्रीलंकालाई १५८ रनमा समेट्दै ९१ रनले पराजित गरेका थियो । २०१५ को विश्वकप र २०१४ को एशीयाकपमा भएको भेटमा भने श्रीलंका विजयी भएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४