मंगलबार, चैत ३, २०८२

भारतमा रेलले किचेर २ नेपालीको मृत्यु 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- भारतको बाघपुल नजिक रेलले किचेर दुई नेपालीको मृत्यु भएको छ। 

आफन्त भेट्न टिष्टा पुगेका झापा मेचीनगर नगरपालिका ७ का ३३ वर्षीय इन्द्र श्रेष्ठ र उनका छोरा ११ वर्षीय रोहन श्रेष्ठको रेलले किचेर मृत्यु भएको हो । घटनामा इन्द्रकी श्रीमती डम्बरी श्रेष्ठ घाइते भएकी छन्। उनलाई विराटनगरस्थित नोवेल अस्पतालमा राखिएको मृतक इन्द्रका दाजु खेमराज श्रेष्ठले बताए ।

खेमराजका अनुसार जेठा छोरा १३ वर्षीय रोशुसहित चारजना बुधबार काँकरभिट्टा घरबाट निस्केका थिए। शनिबार बिहान खाना खाएर रेलको लिक नजिकैको रुखको फेदमा शीतल खोज्दै गएका इन्द्रलाई तीव्रगतिमा आएको रेलले किचेको थियो । इन्द्रलाई रेलले किचेपछि जोगाउन गएकी आमाको पछिपछि गएका रोहनलाई समेत रेलले किचेको हो।

मृतकहरुको भारतको सिलीगुढीस्थित एक मेडिकल कलेजमा पोस्टमार्टम भएको छ। भारतीय प्रहरीले सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरी शव आफन्तलाई बुझाएको छ । मृतक बाबुछोराको शव आइतबार झापाको मेचीनगर ल्याइएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।