एजेन्सी- आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा न्युजल्यान्डले नयाँ इतिहास रचेको छ । शनिबार भएको खेलमा श्रीलंकाविरुद्ध १० विकेटले जित निकाल्दै न्युजल्यान्डले नयाँ इतिहास रचेको हो ।
उक्त खेलमा न्युजल्यान्डले श्रीलंकाले दिएको १३७ रनको लक्ष्य मात्र १६.४ ओभरमा विना विकेटको क्षतीमा भेट्टाएको थियो । न्युजल्यान्डका लागि गुप्टिलले ७३ र मुन्रोले ५८ रनको अविजित पारी खेलेका थिए ।
यसजितसँगै न्युजल्यान्डले विश्वकपको इतिहासमा १० विकेटले विजयी हुने पहिलो टोली बनेको छ । यसअघि वेस्टइन्डिज, दक्षिण अफ्रीका र श्रीलंकाले समान दुई दुई पटक विश्वकपकम १० विकेटले खेल जितेका छन् । तर न्युजल्यान्डले तीन पटक १० विकेटले विश्वकपमा खेल जित्दै नयाँ इतिहास बनाएको हो । यस्तै भारत, अष्ट्रेलिया र पाकिस्तानले एक एक पटक यस उपलब्धि हासिल गरेका छन् ।
न्युजल्यान्डको १० विकेटले जित
न्युजल्यान्डले सन् २०११ मा केन्याविरुद्ध चेन्नाइमा विना विजकेटको क्षतीमा जित दर्ता गरेको थियो । उक्त खेलमा केन्याले न्युजल्यान्डलाई ७२ रनको सामान्य लक्ष्य सुम्पेको थियो । सोहि विश्वकपमा न्युजल्यान्डले जिम्बाब्बेविरुद्ध १६६ रनको लक्ष्य विना विकेटको क्षतिमा पुरा गरेका थियो ।
मुन्रो र गुप्टिलको ओपनर अर्धशतक बनाउने जोडी चौथौं
विश्वकपमा न्युजल्यान्डका लागि ओपनर ब्याट्सम्यानले ५० रन पुरा गरेको यो चौथो पटक हो । श्रीलंकाविरुद्ध गुप्टिलले अविजित ७३ रन जोडेका थिए । त्यस्तै मुन्रोले ५८ रनकी पारी खेले ।
यसअघि न्युजल्यान्डका लागि ग्रेटबेच र लेथनले १९९२ को विश्वकपमा दक्षिण अफ्रीकाविरुद्ध ओपनर ब्याटिङ गर्दै अर्धशतक पुरा गरेका थिए । त्यस्तै लु विसेन्ट र स्टीफन फ्लेमिङ्गले २००७ को विश्वकपमा ओपनर ब्याटिङ गर्दै अर्धशतक पुरा गरेका थिए ।
गुप्टि र ब्रेन्डन म्याकुलमले २०११ म ओपनिङ जोडी गर्दै अर्धशतक बनाएका थिए । यता श्रीलंकाले विश्वकपको इतिहासमा ७ पटक १५० रन भन्दा कम स्कोर बनाएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४