आइतबार, साउन २४, २०८३

शाकिब र मुशफिकुरको अर्धशतकमा दक्षिण अफ्रीकालाई विशाल लक्ष्य

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- मुशफिकुर रहिम र शाकिब अल हसनको अर्धशतको मद्दतले आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा बंगलादेशले दक्षिण अफ्रीका लागि विशाल लक्ष्य सुम्पेको छ । टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै दक्षिण अफ्रीका लागि ३ सय ३१ रनको विशाल लक्ष्य सुम्पेको हो ।
 
बंगलादेशका लागि मुशफिकुरले ७८ रनको अर्धशतकीय पारी खेलेका हुन् । उनले ८० बलमा ८ चौका प्रहार गर्दै ७८ रनको उत्कृष्ट अर्धशतकीय पारी खेलेका हुन् । त्यस्तै शाकिबले ७५ रनको उत्कृष्ट अर्धशतकीय पारी खेले  । 

उनले ८४ बलमो सामना गर्दै ८ चौका एक १ छक्का सहित ७५ रन जोडेका हुन् । महमुदल्लाले ३३ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै ४६ रन जोडे । सौम्य सरकारले ३० बलमा ९ चौका सहित ४२ रन जोडे । मोसाद्दिक होसैनले २६, मोहम्मद मिथुनले २१ र तामिमले १६ रन जोडे ।  

दक्षिण अफ्रीका लागि इमरान ताहीर, अन्दील फेलुक्वायो र क्रिस मोरिसले समान दुई दुई विकेट लिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।