शुक्रबार, असोज ९, २०८३

दिपेन्द्रको उत्कृष्ट बलिङमा पुलिस विजयी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- दिपेन्द्र सिसंह ऐरीको उत्कृष्ट बलिङमा विभागीय टोली नेपाल पुलिस क्लब विजयी भएको छ । आइतबार राती भएको खेलमा प्रदेश २ लाई २४४ रनले पराजित गरेको हो । 

टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले दिएको ३ सय ५३ रनको लक्ष्य पछ्याएको प्रदेश २ लाई सस्तैमा समेट्न दिपेन्द्रले पाँच विकेट लिए । प्रदेश २ ले २९ ओभरमा सबै विकेट गुमाउँदै मात्र ९७ रन बनायो । 

प्रदेश २ हरिशंकर शाहले २९, महबुब आलमले २१, रभी शाहले १५ र सुरज पटेलले १२ रन बनाउन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन छुन सकेनन् । पुलिसका लागि दिपेन्द्र सिंह ऐरीले १० ओरमा २८ रन खर्चदै पाँच विकेट लिए । त्यस्तै ललित राजवंशीले तीन र कुसल भुर्तेलले एक विकेट लिए ।
 
यसअघि पुलिसका लागि अमित श्रेष्ठले अर्धशतकीय पारी खेलेका थिए । उनले ४२ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ५० रन जोडे । सुनिल धमलाले ७७ बलमा ३ चौकाको मद्दतमा ४३ रन जोडे । 

त्यस्तै अनिल साहले ३७, कुसल भुर्तेलले ३५, आरिफ शेखले ३२, दिपेन्द्र सिंह ऐरीले १८ र पवन सराफले १३ रन जोडे । प्रदेश २ का लागि साम्सद शेखले ४ विकेट लिए । राशिद खानले दुई तथा कुमार थापा र दिभ्यान्सु मलिकले एक एक विकेट लिए । 

स जितसँगै पुलिस सिमूह बी को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेका छ । त्यस्तै अर्को विभागीय टोली त्रिभुवन आर्मी समूह उपविजेता बन्दै सेमिफाइन प्रवेश गरी सकेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।