सोमबार, चैत ३०, २०८२

पिपुल्स च्वाइसमा सन्दीप र सावित्रा सहित ५ खेलाडी मनोनित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष प्रदान गर्दै आएको पल्सर स्पोर्टस अवार्डको पिपुल्स च्वाइस विधामा नेपाली क्रिकेटमा लेग स्पिनर सन्दीप लामिछाने र महिला फुटबलकी स्ट्राइकर सावित्रा भण्डारी सहित पाँच जना मनोनित भएका छन् । 

सन्दीप र सावित्रासँगै ब्याटिमिन्टनका प्रिन्स दाहाल, भलिबलकी रेश्मा भण्डारी र शारीरीक सुगठनका महेश्वर महर्जन मनोनित भएका छन् । मनोनित पाँच जना खेलाडीबाट एसएमएस भोटिङ, फेसबुक लाइक तथा खेलकुद पत्रकार मञ्चका सदस्य र राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षकको मतलाई आधर मानि एक जना उत्कृष्ट खेलाडी छनोट हुनेछ । 

पाँचै जनाको भोटीङलाई आजै देखी खुल्ला गरीएको छ । भोटीङ जुलाई १ तारिख राती मध्यान्नसम्म गर्ने पाउने छन् । विभिन्न १० विधामा प्रदान गरिने यस अवार्डको घोषणा असार १७ गते हुने छ । 

उत्कृष्ट पुरुष, महिला, पिपुल्स च्वाइस तथा प्रशिक्षक विधाका विजेताले बजाज पल्सर मोटरबाइक प्राप्त गर्ने छन् । त्यस्तै अन्य विधाका विजेता खेलाडीले ५० हजार नगद प्राप्त गर्ने छन् । 

पिपल्स च्वाइस विधामा मनोनित पाँच खेलाडी

सन्दीप लामिछाने (क्रिकेट)

सन्दीपलाई भोट गर्न Pulsar SL लेखेर ३७७२२ मा पठाउन सकिनेछ ।
Image result for sandeep lamichhane
-नेपालले खेलेको सबै अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताका मुख्य पात्र
-नेपालले जितेको पहिलो एक दिवसीउ अन्तर्राष्ट्रियमा  नेदरल्यान्ड्सविरूद प्रभावशाली प्रर्दशन
-क्यारेवियन  प्रिमियर लिगमा सेन्ट किट्स एन्ड नेविस पेट्रियसका लागि ७ विकेट लिन सफल
-विश्वका उत्कृष्ट फ्रेन्चाइज लिगहरूमा आधार तयार पार्दै विश्व व्यापी चर्चा बटुल्न सफल
-आइपिएल, पाकिस्तानी सुपर लिग, अष्टे«लियन बिग बास र बंगालादेश प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन

-एकै वर्ष ट्वान्टी- ट्वान्टीमा ५० विकेट लिने विश्वका थोरै मध्येका एक खेलाडी
-राष्ट्रिय टोलीले पहिलो पटक एकदिवसीय अन्र्तराष्ट्रिय शृंखला जित्दाका प्रमुख खेलाडी
-आईसीसी वल्डै ट्वान्टी - ट्वान्टी एसिया रिजन क्वालिफायरमा २४ विकेट लिन सफल
- नेपालका लागि कुनै पनि क्रिकेट प्रतियोगितामा सर्वाधिक विकेट लिने खेलाडी । 

प्रिन्स दाहाल (ब्याटिमिन्टन)
प्रिन्सका लागि Pulsar PD लेखेर ३७७२२ मा पठाउन सकिनेछ ।
Image result for prince dahal
-दुबई जुनियर इन्टरनेसनल सिरिजको यू- १५ उमेर समूहमा स्वर्ण पदक फाइनलमा  इन्डोनेसियाका क्रिस्टियन अगस्टिनसलाई २-० को सेटमा हराउँलै कीर्तिमान
-उमेर समूहमा नेपाली ब्याडमिन्टनलाई अन्तराष्ट्रिय प्रतियोगितामा स्वर्ण दिलाउने पहिलो खेलाडी
- प्रेसिडेन्टस कप जुनियर  इनटरनेशनल ब्याडमिन्टन च्याम्पियनसिपमा यू -१५ र यू- १९ मा स्वर्ण पदक
- साउथ एसियन रिजनल च्याम्पियनसिपमा यू-२१ तर्फ मेन्स डबल्समा रगत पदक
-अन्नपूर्ण इन्टरनेसनल ब्याडमिन्टनमा यू-१९ मा स्वर्ण र मेन्स सिंगल्समा रजत

-जेस्ट ओपन राष्ट्रिय ब्याडमिन्टनमा यू- १५ मा स्वर्ण र मेन्स सिंगल्समा कास्य
-आठौँ  पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टन यू- १७ मा स्वर्ण 
-प्रथम दृर्गादेवी अन्तराष्ट्रिय आमन्त्रण ब्याडमिन्टन मेन्स सिंगल्समा स्वर्ण
-१५ औँ कृष्ण  स्मृति राष्ट्रिय प्रतियोगिताको यू- १७ मा स्वर्ण र मेन्स सिंगल्समा रगत

रेश्मा भण्डारी (भलिबल)
रेश्माका लागि Pulsar RB लेखेर ३७७२२ मा पठाउन सकिनेछ ।
Related image
-एपीएफ क्लबले वर्षमा १० उपाधि जित्ला विशेष भूमिका 
-केएनपी राष्टिय भलिबल प्रतियोगितामा बिजेता
-एनभीए राष्टिय महिला भलिबल च्याम्पियनसिप विजेता
-सभामुख कप राष्टिय महिला भलिबल च्याम्पियनसिप विजेता
-लामाचौर तीज राष्टिय महिला भलिबल च्याम्पियनसिप विजेता

-आधिअवाधि एभिएल राष्टिय महिला भलिबल च्याम्पियनसिप उपविजेता
-२२ औ राष्टिय महिला भलिबल प्रतियोगितामा बिजेता
-द्रोस्रो न्यु डायमन्ड कप महिला भलिबल बिजेता
-ढोरपाटन राष्टिय महिला च्याम्पियनसिप विजेता
-छैटौ आईजीपि कप राष्टिय खुला भलिबलको उपाधि सहित उत्क्रष्ट खेलाडी
-केएनपी शेरबहादुर खड्का विशेष अवार्डबाट सम्मानित 

महेश्वर महर्जन (शारीरीक सुगठन)
महेश्वरका लागि   Pulsar MM लेखेर ३७७२२ मा पठाउन सकिनेछ ।
Image result for maheshwor maharjan
-२०७५ सालमा शारीरिक सुगठनमा नेपाललाई अन्तर्राष्टिय ऐतिहासिक उपाधि दिलाउने खेलाडी 
-थाइल्यान्डको च्याङमाईमा सम्पन्न १० औ विश्व शारीरिक सुगठन तथा फिजिक च्याम्पियनसिको पुरुष ७५ केजी तौल समूहमा स्वर्ण पदक जित्न सफल 
-१५ औ राष्टिय धर्मश्री शारीरिक सुगठन च्याम्पियनसिमा ओभरअलमा उपविजेता 

सावित्रा भण्डारी (फुटबल)
सावित्राका लागि Pulsar SB लेखेर ३७७२२ मा पठाउन सकिन्छ ।
/assets/plugins/bower_components/fileman/Uploads/post_images/february/2019, March/sabitra1.jpg
- घरेलु तथा अन्र्तराष्ट्रिय प्रतियोगिताहरूमा सानदार प्रदर्शन गर्दे वर्षभर चर्चित
-भारतमा भएको अन्र्तराष्ट्रिय हिरो गोल्डकपमा नेपाललाई उपविजेता बनाउन योगदान
- महिला साफ च्याम्पियनसिपमा उपविजेतासहित सर्वाधिक गोलकर्ताै बन्न सफल

-महिला फुटबल लिग २०७५ की सर्वोत्कृष्ट र सर्वाधिक गोल गर्ने खेलाडी
-प्रधानसेनापति कपमा उत्कृष्ट स्ट्राइकर र सर्वाधिक गोलकर्ता
-नेपाललार्ए पहिलो पटक ओलम्पिक छनोटको दोस्रो चरणमा प्रवेश गराउन मुख्य भुमिका ((पहिलो चरण पार) 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।