सोमबार, चैत ३०, २०८२

वार्नर र फिन्च चम्कदा अष्ट्रेलिया विजयी 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अष्ट्रेलियाले सानदार विजयी सुरुवात गरेको छ । शनिबार भएको खेलमा अफगानिस्तानलाई ७ विकेटले पराजित गर्दै अष्ट्रेलिया विजयी भएको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले दिएको २०८ रनको लक्ष्य अष्ट्रेलियाले ३४.४ ओभरमा मात्र ३ विकेट गुमाएर भट्टायो । अष्ट्रेलियाका लागि डेभिड वार्नर र कप्तान आरोन फिन्चले अर्धशतकीय पारी खेले । वार्नरले ११४ बलमा ८ चौका प्रहार गदै अविजित ८९ रनको योगदान दिए । त्यस्तै फिन्चले ४९ बलमा ६ चौका र ४ छक्काको सहयोगमा  ६६ रन जोडे ।

स्टिभ स्मिथ १८ तथा उस्मान ख्वाजाले १५ रन जोडे ।  अफगानिस्तानका गुल्बादीन नाईब, मुजिब उर रहमान र राशिद खानले समान एक एक विकेट लिए । 

यसअघि अफगानिस्तानले ३८.२ ओभरमा सबै विकेट गुमाउँदै २ सय ७ रन जोडेको थियो । खराब सुरुवात गरेको अफगानिस्तानका लागि नजिबुल्लाह जाद्रनले अर्धशतकीय पारी खेले । उनले ४९ बलमा ७ चौका र २ छक्काको मद्दतमा ५१ रनको अर्धशतकीय पारी खेलेका हुन् ।

रहमत शाह अर्धशतक बनाउबाट सात रनले चुके । उनले ६० बल खेल्दै ६ चौकाको मद्दतमा ४३ रन जोडे । कप्तान गुल्बादिन नइबले ३१ रन जोडे । राशिद खानले आक्रमक ब्याटिङ गर्दै ११ बलमा २ चौका र ३ छक्का सहित २७ रनको योगदान दिए । 

उनले ३३ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ३१ रन जोडेका हुन् । हश्मतुल्लाह शाहिदले ३४ बलमा ३ चौका सहित १८ रन जोडे । मुजिव उर रहमनले ९ बलमा १ चौका र १ छक्काको मद्दतमा १३ रन जोडे । 

अष्ट्रेलियाका लागि अदाम पट कुमिन्स र जाम्पाले समान तीन तीन तथा मार्कुस स्टोनिस दुई विकेट लिए । त्यस्तै मिचेल स्ट्रकले एक एक विकेट लिए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।