एजेन्सी- इंग्लिय प्रिमियर लिग क्लब लिभरपुल युइएफए च्याम्पियन्स लिग फुटबलको च्याम्पियन बनेको छ। शनिबार राती मड्रिडमा भएको फाइनल खेलमा अर्को इंग्लिस क्लब टोटनहामलाई २-० गोलले पराजित गर्दै प्रतियोगिताको च्याम्पयन बनेको हो ।
यस जितसँगै लिभरपुलले छैटौं पटक च्याम्पियन्स लिगको उपाधि जितेको छ । लिभरपुलको जितका लागि इजिप्टियन स्ट्राइकर मोहमद सलाह र डिभोक ओरीगीले एक एक गोल गरे । खेलको दोस्रो मिनेटमा नै लिभरपुलले टोटनहाममाथी अग्रता लिएको थियो ।
पेनाल्टी श्रेत्र भित्र साडियो मानेको प्रहार टोटनहामका खेलाडीले ह्यान्ड गरेपनि लिभपुलले पेनाल्टी अवसर पाएको थियो । उक्त पेनाल्टीलाई सलाहाले गोलमा परिणत गर्दै लिभरपुललाई अग्रता दिए । पहिलो हाफमा १-० अग्रता दिएको लिभरपुलले दोस्रो हाफमा थप एक गोल गर्यो ।
खेलको ८७ औं मिनेटमा ओरिगीले गोल गर्दै लिभरपुललाई छैटौं च्यारिमपयन्स लिगको उपाधि दिलाए । यससँगै प्रशिक्षक जोर्डेन क्लोप लिभरपुललाई च्याम्पियन्स लिगको उपाधि दिलाउने चौथो प्रशिक्षक बनेका छन् ।
यस अघि बोब पेइस्ले, जोइ फोगन र राफा बेनिटिजले लिभरपुललाई च्याम्पियनस लिगको उपाधि दिलाएका थिए । त्यस्तै क्लाप च्याम्पियन्स लिगको उपाधि जित्ने पाँचौ जर्मन प्रशिक्षक बनेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४