मंगलबार, चैत ३, २०८२

यस्ता छन् आजका विश्वका दश चर्चित खबर

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari

एजेन्सी – एक : अमेरिकाको भर्जिनियामा अन्धाधुन्द गोली प्रहार, १२ जनाको मृत्यु

अमेरिकाको भर्जिनियास्थित एक सरकारी भवनमा अन्धाधुन्ध गोली चल्दा १२ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। प्रहरीका अनुसार गोली प्रहार गर्ने व्यक्ति भर्जिनिया विच सिटीका कर्मचारी हुन्। उनी लामो समयदेखि त्यहाँ काम गर्दै आएका थिए।

उनको प्रहरी कारबाहीको क्रममा ज्यान गएको भएपनि प्रहरीले घटना घटाउने व्यक्तिका बारे विस्तृत जानकारी दिएको छैन। घटनामा परी एक प्रहरीसमेत घाइते भएका छन्। प्रहरीका अनुसार शुक्रबार साँझ ४ बजे घटना भएको हो। गोली प्रहार गर्ने व्यक्ति एक्लै भएको प्रहरीले जानकारी दिएको छ। घटनाको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भर्त्सना गरेका छन्।

दुई : मक्का शिखर बैठकले प्यालेस्टाइ र साउदीलाई समर्थन

इस्लामीक राज्यहरूका प्रमुखहरूको शिखर संस्था ओआइसीको शिखर सम्मेलनले प्यालेस्टाइन र साउँदी अरेवीयाका वर्तमान राजनीतिक र अन्र्तदेशीय सम्बन्धहरूको पक्षमा निर्णय गरेको छ।

तीन : तालिवान नेता भन्छन् इदमा युद्धविराम हुँदैन

तालिवान नेताका अनुसार कुनै पनि हालतमा इद वर्षको बहानामा तालिवानद्वारा जारी युद्ध नरोकिने बताएका छन्। 

चार : पाकिस्तानी अदालतद्वारा तीन जैसए महोमदका कार्यकर्तालाई कारवाही 

तीन अभियुक्तलाई आतंककारी गतिविधिका निमित्त आर्थिक संकलन गरेको अभियोगमा पाकिस्तानी अदालतले अपराधी घोषणा गरेको छ।

पाँच : वल्र्ड कम २०१९ : न्युजल्याण्डद्वारा श्रीलंकालाई पराजित

न्युजल्यान्डको जितका लागि मार्टिन गुप्टिल र कोलिन मुन्रोको अवजित अर्धशतकीय पारी खेलेका छन् । शनिबार भएको श्रीलंकासँगको खेलमा १३७ रनको लक्ष्य पाएको न्युजल्यान्डका लागि गुप्टिल र मुन्रोले अविजित अर्धशतकीय पारी खेलेका हुन् । यससँगै श्रीलंका न्युजल्यान्डसँग १० विकेटले पराजित भएको छ । 

छ : कोरियाली परायदीपलाई प्रमाणु अस्त्र मुक्त पार्न दक्षिण कोरिया, जापान र युरोपेली संघको आह्वान

दक्षिण कोरिया तथा जापानका प्रतिरक्षा मन्त्री एवम् युरोपेली संघका उच्च प्रतिनिधिहरुले निकट भविश्यमै कोरियाली प्रायदीप अणु अस्त्र मुक्त हुने कुरामा आफूहरु आशावादी रहेको कुरा बताए।

सात : भारतद्वारा प्रतिवन्धीत हवाई क्षेत्र खुला

भारतीय वायुसेनाले पाकिस्तानसँगको सम्बन्धको सम्बन्ध सुरोन्मुख हुन थालेपछि पाकिस्तानमाथी थोपरिएको हवाई क्षेत्रमाथीको प्रतिवन्ध फुकुवा भएको जनाएको छ।

आठ : चीनद्वारा अमेरिकी उत्पादनमाथी थप कर लागु

चीनले अमेरिकासँगको व्यापार युद्ध चर्किदै गएपछि अमेरिकी उत्पादनमाथी करका दायराहरु थप बढाउँदै लगेको छ।

नौं : भारतीय कांग्रेसकी संसदीय दलको नेतामा सोनीया गान्धी

संयुक्त प्रगतिशिल गठवन्धनकी अध्यक्ष सोनीया गान्धी भारतीय कांग्रेसको ५२ सदस्सीय संसदीय दलको नेतामा चयन भएकी छन्

दश : त्रास र रोमाञ्चकता– सगरमाथाको डरलाग्दो टाकुरो

चौतीस वर्षीय पर्वतारोही इयान स्टवार्टले आफ्नी श्रीमती केटीलाई ‘ह्याप्पी एनीभर्सरी माई लभ’ भनेर अभिवादन गरेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।