सोमबार, चैत ३०, २०८२

न्युजल्यान्डको जितका लागि गुप्टिल र मुन्रोको अविजित पारी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- न्युजल्यान्डको जितका लागि मार्टिन गुप्टिल र कोलिन मुन्रोको अवजित अर्धशतकीय पारी खेलेका छन् । शनिबार भएको श्रीलंकासँगको खेलमा १३७ रनको लक्ष्य पाएको न्युजल्यान्डका लागि गुप्टिल र मुन्रोले अविजित अर्धशतकीय पारी खेलेका हुन् । यससँगै श्रीलंका न्युजल्यान्डसँग १० विकेटले पराजित भएको छ । 

न्युजल्यान्डका लागि गुल्टिलले ५१ बलमा  ८ चौका र २ छक्का प्रहार गर्दै ७३ रनको अविजित पारी खेल । त्यस्तै मुन्रोले ४७ बलमा ६ चौका र १ छक्का प्रहार गर्दै ५८ रनको अर्धशतकीय पारी खेलका हुन् । न्युजल्यान्डका ओपनरद्वयलाई श्रीलंकाका कुनै पनि बलरले पेभिलियन फर्काउन सकेनन् । गुप्टिल र मुन्रोले १६.१ ओभरमा श्रीलंकाले दिएको १३७ रनको सामान्य लक्ष्य विना विकेटको क्षतीमा पुरा गरेका हुन् ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको श्रीलंकाले २९.२ ओभरमा सबै विकेट गुमाउँदै मात्र १ सय ३६ रनमा जोडेको थियो । श्रीलंकाका लागि डिमुथ करुनारत्नले अर्धसतकीय पारी खेले पनि टोलीका जितका लागि प्रयाप्त भएन् । 

उनले १४६ बलमा ४ चौकाको मद्दतमा ५२ रन जोडेका थिए । त्यस्तै कुसल परेराले २९ रन जोडे । उनले २९ बल खेल्दै ४ चौका प्रहार गरेका थिए । थिसारा परेराले २३ बलमा २ छक्का सहित २७ रन जोड्दा अन्य ब्याट्सम्यानले भने न्युजल्यान्डका बलर सामु खुलेर मैदानमा जम्न सकेनन् । 

श्रीलंकाले पहिलो ओभरको दोस्रो बलमा नै मात्र ४ रन जोड्दा पहिलो विकेटको रुपमा लाहिरु थिरिमानेलाई गुमाएको थियो । नवौं ओभरको पहिलो बलमा नै कुसल परेरालाई गुमाउँदा दोस्रो बलमा कुसल मेन्डीज शुन्य रनमा पेभिलियन फर्किए । नवौं ओभरमा ४६ रन जोड्दा ३ विकेट गुमाएको श्रीलंकाले ५३ रन पुग्दा चौथो विकेटको रुपमा धनन्जन्ने डे सिल्भालाई गुमायो । 

पाँचौ विकेटको रुपमा शुन्य रनमा एन्जेलो म्याथिउजलाई गुमाउँदा छैटौं विकेटको रुपमा जीवन मेन्डीजलाई गुमाएको थियो । १६ औं ओभरमा ६० रन पुग्दा ६ विकेट गुमाएको श्रीलंकाका लागि थिसारा परेराले करुनारत्नसँग मिलेर केही हदसम्म श्रीलंकाको पारी उकासेका थिए । उनले करुनारत्नलसँग ५२ रनको साझेदारी गरेका थिए । तर, २४ औं ओभरमा मिचिल सान्टनरको बलमा क्याचआउट भए । 

न्युजल्यान्डका लागि माट हेन्री र लक्की फग्युसनले समान तीन तीन विकेट लिए । त्यस्तै कोलिन डे ग्रान्डोमी, जेम्स नीशाम, ट्रेन्ट बोल्ट र मिचिल सान्टनरले एक एक विकेट लिए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।