सोमबार, चैत ३०, २०८२

विश्वकपमा गेलको नयाँ रेकर्ड

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- वेस्टइन्डिजका ओपनर तथा आक्रमक ब्याट्सम्यान क्रिस गेलले विश्वकप एकदिवसीय क्रिकेटमा नयाँ रेबर्ड बनाएका छन् । उनले शुक्रबार पाकिस्तानविरुद्ध खेल्दै विश्वकपमा सर्वाधिक छक्का पहर गर्ने खेलाडीको रेकर्ड आफ्ना नाममा गरेका हुन् । 

उनले शुक्रबार पाकिस्तानविरुद्ध भएको खेलमा ६ चौका र ३ छक्का पहर गर्दै ५० रनको अर्धशतकीय पारी खेलेका थिए । खास गरी एक वा दुई रन लिन नखोज्ने गेलले क्रिजमा उत्रिने बित्तीकै निकैनै आक्रमक प्रस्तुत हुने गर्दछन् । 

३९ वर्षीय गेलले विश्वकपमा सर्वाधिक छक्का प्रहार गर्ने खेलाडीको रेकर्ड आफ्नो नाममा गर्दा, उनको सर्वाधिक छक्का ४० पुगेको छ । यसअघि दक्षिण अफ्रिकाका एबी डिभीलियर्सलसँग ३७ छक्का सहित यो रेकर्ड संयुक्तरुपमा दुबैको नाममा थियो । 

सन्यास लिएका डिभीलियर्सल २३ खेलमा ३७ छक्का प्रहार गरेका थिए । तर, गलेले भने विश्वकपका २७ खेलमा सर्वाधिक ४० छक्का पुर्याएका हुन । त्यस्तै विश्वकपमा सर्वाधिक छक्का प्रहार गर्ने खेलाडीको तेस्रो स्थानमा अष्ट्रेलियाका रिक्की पोन्टीङ रहेका छन् । 

उनको नाममा ३१ छक्का रहँदा न्युजल्यान्डका विकेटकीपर ब्याट्सम्यान ब्रेन्डन म्याकलम २९ छक्का सहित चौथो स्थानमा छन् । दक्षिण अफ्रिकाका पूर्व आक्रमक आ्पनर हर्शेल गिब्स २८ छक्का सहित पाँचौ स्थानमा छन् । 

यससँगै गेलले अन्तर्राष्ट्रि क्रिकेटमा १९ हजार रन समेत पुरा गरेका छन् । गेल १९ हजार रन बनाउने वेस्टइन्डिजका तेस्रो खेलाडी बनेका छन् । उनी अघि वेस्टइन्डिजका लागि ब्रायन लाराले २२ हजार २ सय ६० र शिवनारायण चन्द्रपालले २० हजार ९ सय ८८ रन बनाएका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।