सोमबार, चैत ३०, २०८२

विश्वकप : आज दुई खेल हुँदै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्र्तगत आज (शनिबार) दुई खेल हुदैछ । पहिलो खेलमा न्युजिल्याण्ड र श्रीलंकाले प्रतिस्पर्धा गर्ने छन् भने दोस्रो खेलमा अफगानिस्तानले अष्ट्रेलियाको चुनौती सामना गर्ने छ । 

न्युजिल्याण्ड र श्रीलंकाबीचको खेल नेपाली समय अनुसार दिउँसो ३:१५ बजे सुरु हुनेछ । त्यस्तै आजै हुने दोस्रो खेल बेलुका ६:१५ बजे सुरु हनेछ । पछिल्लो समय लयमा देखीएको न्युजल्यान्ड श्रीलंकालाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गर्न चाहन्छ ।

 किनकी न्युजल्यान्डसँग वार्मअप खेलमा विश्वकपको मुख्य दाबेदारको रुपमा हेरीएको भारतलाई २ सय रनमा समेटेको उच्च मनोबल छ । यता श्रीलंका भने पछिल्लो समय अस्ताएको आफ्नो क्रिकेटलाई विश्वकपको पहिलो खेलबाट विउझाउन चाहन्छ । किनकी श्रीलंकाका कुनै पनि ब्याट्म्यानले राम्रो खेल्न सकेका छैनन् ।  

आजै हुने दोस्रो खेलमा अष्ट्रेलिया तुलनात्मक रुपमा अफगानिस्तान भन्दा बलियो टोली हो । तर प्रतियोगितामा अप्रत्यासित नतिजा निकाल्न माहिर अफगानिस्तानले अष्ट्रेलियालाई पराजित गर्ने योजनामा छ । किनकी अफगापनस्तानका खेलाडी ब्याटिङ र बलिङ दुबै उत्तिकै सुधारिएका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।