शुक्रबार, जेठ १, २०८३

राहुलले निर्वाचन क्षेत्रमै गएर मतदातालाई धन्यवाद दिने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
नयाँदिल्ली– भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष तथा नवनिर्वाचित सांसद राहुल गान्धीले आफ्ना मतदाताहरूलाई निर्वाचन क्षेत्रमै गएर धन्यवाद दिने भएका छन्। 

यही जुन ७ देखि दुई दिनसम्म आफ्नो निर्वाचन क्षेत्र वायनाद गएर उनले मतदाताहरुलाई धन्यवाद दिने भएका हुन्। 

यसअघि उनले यही मे २४ तारिखका दिन पनि आफुलाई लोकसभा सदस्यमा निर्वाचित गरेको प्रति कृतज्ञता व्यक्त गर्दै मतदाताहरूलाई धन्यवाद दिएका थिए। उनले आफुसँगै निर्वाचित अन्य सांसदहरुलाई पनि बधाई दिएका छन्। 

अध्यक्ष गान्धीले आफ्नो निर्वाचन क्षेत्रबाट ७ लाख ५० हजार ३४ मत प्राप्त गरेका थिए। उनका निकटम प्रतिद्वन्द्वी लेफ्ट डेमोक्रयाटिक फ्रन्ट (एलडीएफ)का पिपि सुनिरलाई भने ४ लाख ३१ हजार ६३ जना मतदाताले मतदान गरेका थिए। 

अध्यक्ष गान्धी भारतकै अर्को निर्वाचन क्षेत्र अमेठीबाट पनि निर्वाचनमा प्रतिश्पर्धा गरेका थिए। तर, त्यस क्षेत्रमा भने उनी पराजित भएका थिए। पराजित भएपनि उनले त्यस क्षेत्रका मतदाताहरुलाई पनि वक्तव्य मार्फत् धन्यवाद दिएका थिए। 

अमेठीमा गान्धीलाई स्मृति इरानीले पराजित गरेका थिए। इरानी नयाँ केन्द्रीय मन्त्रीमण्डलमा पनि परेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।