काठमाडौं- भारतीय क्रिकेट प्रशिक्षक उमेश पटवाल नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । पटवाल १ वर्षका लागि नेपाली टोली मुख्य प्रशिक्षकमा नियुक्त भएका हुन् ।
नवनियुक्त प्रशिक्षक पटवालसँग शुक्रबार राष्ट्रिय खेलकुद परिषद (राखेप)ले सम्झौतामा पत्रमा हस्ताक्षर गरेको छ । उनलाई नेपालमा आयोजना हुने १३ औं सागलाई केन्द्रित गर्दै राष्ट्रिय क्रिकेट टोलीको खुम्य प्रशिक्षमा नियुक्त गरिएको राखेपका सदस्य सचिब केशव कुमार बिष्टले जानकरी दिए । यसअघि नेपाली टोलीको प्रशिक्षणको जिम्ममा जगत टमटाले सम्हाल्दै आएका थिए ।
पटवाललाई आईसीसीले नै प्रशिक्षकमा नियुक्त गरेर पठाएको हो । त्यस्तै उनले पाउने मासिक ७ हजार डलर तलब भत्ता लगायतको सम्पूर्ण खर्च आईसीसीले व्यहोर्ने छ । पटवालले यसअघि नेपाली राष्ट्रिय क्रिकेट टिमको ब्याटिङ प्रशिक्षक भएर काम गरेका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४