एजेन्सी- क्रिस गेल र ओशाने थोमसको उत्कृष्ट प्रदर्शनको मद्दतले आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा वेस्टइन्डिजले सानदार जित निकालेको छ । शुक्रबार भएको खेलमा पाकिस्तानविरुद्ध ७ विकेटले जित निकाल्दै वेस्टइन्डिजले सानदार जित निकालेको हो ।
पाकिस्तानले दिएको १०६ रनको लक्ष्य पछ्याएको वेस्टइन्डिजले १३.४ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य भेट्टाएको हो । वेस्टइन्डिजलाई सहजै जित दिलाउन गेलले अर्धशतकीय पारी खेले । उनले ३४ बलमा ६ चौका र ३ छक्का प्रहार गर्दै टोलीको सानदानर जितका लागि ५० रनको योगदान दिए ।
त्यस्तै निकोलस पुरनले अविजित ३४ रन जोडे । उनले आक्रमक ब्याटिङ गर्दै १९ बलमा ४ चौका र २ छक्का प्रहार गरे । शाई होपले ११ रन जोडे । पाकिप्तानका लागि मोहम्मद आमीरले तीन विकेट लिएपनि टोलीको जितका लागि प्रयाप्त हुन सकेन् ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पाकिस्तानले २१.४ ओभरमा सबै विकेट गुमाएर मात्र १०५ रन बनाएको थियो । खराव सुरुवात गरेको पाकिस्तानका ब्याट्सम्यानले वेस्टइन्डिजका बलर सामु खुलेर ब्याटिङ गर्न सकेका थिएनन् ।
पाकिस्तानका लागि फखर जामन र बाबर अजामले सर्वाधिक समान २२-२२ रन जोडे । फखरले १६ बलमा २ चौका र १ छक्का प्रहार गर्दै २२ रन जोडेका थिए भने अजामले ३३ बलमा २ चौकाको मद्दतले २२ रन जोडेका हुन् । त्यस्तै वहाब राइजले १८ र मोहम्मद हाफिजले १६ रन जोड् बाहेक अन्य ब्याट्सम्याको प्रदर्शन सम्झन योग्गे रहेन् ।
पाकिस्तानलाई सस्तैमा समेट्न वेस्टन्डिजका ओशाने थोमसले चार तथा जोसन होल्डरले तीन विकेट लिए । त्यस्तै आन्द्रे रसेलले दुई र शेल्डोन कोट्रेलले एक विकेट लिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४