सोमबार, चैत ३०, २०८२

पिएमकप : एपिएफको लगातार तेस्रो जित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा विभागीय टोली एपिएफले लगातार तेस्रो जित निकालेको छ । शुक्रबार भएको खेलमा गण्डकी प्रदेशलाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा लगातार तेस्रो जित निकालेकोन हो । 

गण्डकीले दिएको १ सय २६ रनको सामान्य लक्ष्य पछ्याएको एपिएफले २३ ओभरमा मात्र ४ विकेट गुमाउँदै पुरागर्यो । एपिएफका लागि शरद भेसवाकरले अविजित ३५ रन जोडे । 

उनले ५४ बलमा ४ चौका प्रहार गर्दै ३५ रन जोडेका हुन् । त्यस्तै प्रदिप ऐरीले ३३ र आसिफ शेखले २० रन जोड । गण्डकीका लागि दिपेस श्रेष्ठले तीन तथा किसोर महतोले एक विकेट लिए । 

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको गण्डकीले ४१.२ ओभरमा सबै विकेट गुमाउँदै १२५ रन जोडेको थियो । गण्डकीका लागि दिपेश श्रेष्ठले २७ रन जोडे । त्यस्तै आकाश थापाले १९, बिपिन खत्रीले १७, अनिल गुरुङले ११, किशोर महत्व १५ रन बनाउन काहेृक अन्य खेलाडीले दोहोरो अंकमा रन छुन सकेनन् ।

एपीएफका भुवन कार्कीले ३ विकेट तथा अमर सिंह रट्यौला, यज्ञमान कुमाल र शरद भेसवाकरले समान दुई दुई विकेट लिए । यसजितसँगै समूह ए मा रहेको एपिएफले ३ खेलमा ६ अंक जोड्दै शीर्ष स्थानमा छ । जित विहिन गण्डकी अंक तालिकाको पुछारमा छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।