एजेन्सी-पाकिस्तान विश्वकप एकदिवसीय क्रिकेटमा आफ्नो पहिलो खेल वेस्टइन्डिजनिरुद्ध आज (शुक्रबार) खेल्दै छ । दुई वर्ष पहिले जितेको च्याम्पियनस ट्रफीको प्रेरणा बोक्दै पाकिस्तान वेस्टइन्डिजविरुद्ध इंग्ल्यान्डको ट्रेन्ट ब्रिज्ड क्रिकेट मैदानमा नेपाली समय अनुसार दिउँसो ३:१५ बजे खेल्दै छ ।
पाकिस्तानले आफ्नो पछिल्लो १० एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा गुमाएको छ । अष्ट्रेलियासँगको ५-० खेलको सिरिज ४-० ले गुमाउँदा एक खेल बर्षका कारण स्थगित भएको थियो । यससँगै विश्वकप अभ्यास खेलमा पनि पाकिस्तान अफ्गानिस्तानसँग ३ विकेटले पराजित भएको थियो ।
कप्तान सरफराज अहमदले आफ्नो टिम सन् २०१७ को प्रदर्शनको प्रेरणा लिने प्रयास गरिरहेको बताएका छन् । किनकी त्यतीबेला पनि पाकिस्तानको स्थिती यस्तै थियो । त्यस बेला पनि अष्ट्रेलियासँगको सिरिज ४-१ ले गुमाएको थियो । त्यतिमात्र हैन च्याम्पियन्स ट्रफीको पहिलो खेलमा भारले १२४ रनले पराजित गरेको थियो ।
तर, त्यसपछि दक्षिण अफ्रीका, श्रीलंका र इंग्ल्यान्डलाई पराजित गर्दै फाइनल प्रवेश गरेको थियो । फाइनलमा भारतलाई १८० रनको फराकिलो रनले पराजित गर्दै च्याम्पियन्स ट्रफी जितेको थियो ।
गेल र होपलाई रोक्न आमिरलाई चुनौती
स्पट फिम्सिङमा परेका पाकिस्तानका तिब्र गतिका बलर मोहम्मद आमिर २०११ र २०१५ को विश्वकप पछि पहिलो पटक विश्वकपमा समभागी हुँदै छन् । पाकिस्तानलाई उनीमाथी ठुलो भरोसा रहेको छ । त्यसैले पनि आमिरलाई वेस्टइन्डिजका आक्रमक ब्याट्सम्यान क्रिस गेल र शाई होपलाई रोक्नु पर्ने चुनौती छ ।
आमिरको लयले पाकिस्तानको लागि अहम भुमिका खेल्ने छ । किनकी च्याम्पियन्स ट्रफीको फाइनल खेलमा भारतका तीन विकेट गुमाउँदै उपाधि जिताउन महत्वपूर्ण भुमिका खेलेका थिए । तर, त्यसपछि आमिरले १५ खेलमा मात्र ५ विकेट लिएका छन् ।
तथ्यमा वेस्टइन्डिज बलियो
दुई पटकको विश्वकप विजेता टोली वेस्टइन्डिजको १० विश्वकपमा भएको भेटमा मात्र तीन खेल जितेको छ । २०१५ को विश्वकपमा पनि वेस्टइन्डिजले पासकस्तानलाई १५० रनले पराजित गरेका थियो । उक्त खेलमा रसेलले मात्र १३ बलमा ४ छक्का प्रहार गर्दै ४२ रन जोडेका थिए । उनले मंगलबार न्युजल्याविरुद्ध भएको वार्मअप खेलमा २५ बलमा ५४ रन जोडेका थिए भने होपले शतक बनाएका थिए ।
क्वालिफाइङबाट विश्वकप पुगेको वेस्टइन्डिज
वेस्टइन्डिजले गत वर्ष जिम्बाब्बेमा क्वालिफाइङ राउण्ड खेल्दै विश्वकपमा स्थान बनाएको थियो । त्यस पश्चात वेस्टइन्डिज पुनः लयमा फर्किएको छ । वेस्टइन्डिजले आफ्नो घरेलु मैदानमा आईसीसी विश्व वरियताएताको शीर्ष स्थानमा रहेको इंग्ल्यान्डसँग सिरिज २-२ को बराबरी खेलेको थियो । तर, वेस्टइन्डिज आयरल्यान्डमा क्रिकोणीय सिरिजको फाइनलमा बंगलादेशसँग पराजित भएको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४