सोमबार, चैत ३०, २०८२

स्टोक्स चम्कदा इंग्ल्यान्डको सहज जित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- बेन स्टोक्सले चम्कदा आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा इंग्ल्यान्डले विजयी सुरुवात गरेको छ । बिहिबार भएको उद्घाटन खेलमा दक्षिण अफ्रीकालाई १०४ रनले पराजित गर्दै इंग्ल्याण्डले विजयी सुरुवात गरेको हो ।

घरेलु टोलीले दिएको ३ सय १२ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रीका ३९.५ ओभरमा सबै विकेट गुमाउँदै मात्र २०७ रनमा बनाउन सक्यो । दक्षिण अफ्रीकाका लागि क्विनटन डी कक र भान डेर डुसेनले अर्धशतकीय पारी खेले पनि टोलीको जितका लागि प्रयाप्त भएन् । 

डी ककले ७४ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै ६८ रनको योगदान दिएका थिए । डुसेनले ६१ बलको सामना गर्दै ४ चौका र १ छक्काकामे मद्दतमा ५० रन जोडे । त्यस्तै एडिले लक्कीले २४, हसिम अमलाले १३ तथा अइडेन मार्कन र कागिसो रबाडाले ११-११ रन जोडे । 

अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन छुन सकेनन् । इंग्ल्याण्डका जोफ्रा आर्चरले ३ विकेट लिए । त्यस्तै लियाम पुल्न्केट र बेन स्टोक्सले दुई दुई तथा अदिल रशिद र मोइन अलीले एक एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको इंग्ल्यान्डका चार खेलाडी चम्कदा निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ११ रन जोडेको थियो । इंग्ल्यान्डका लागि चार ब्याट्सम्यानले अर्धशतकीय पारी खेले । बेन स्टोक्सले उत्कृष्ट अर्धशतकीय पारी खेल्दा कप्तान इओन मोर्गन, जोसन रोय र जोइ रुटले अर्धशतकीय पारी खेले । स्टोक्सले ७९ बलमा ९ चौका प्रहार गर्दै ८९ रन जोडको हुन् ।

मोर्गनले ६० बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै ५७ रन जोडे । रोयले ५३ बलमा ७ चौका पहर गर्दै ५४ रनको अर्धशतकीय पारी खेलेका हुन् । त्यस्तै रुटले ५९ बलमा ५ चौकाको मद्दतमा ५१ रनको योगदान दिए । जस बुटलरले १८ र क्रिस वोक्सले १३ रन जोडे ।

दक्षिण अफ्रीका लागि लुन्गी निडीले तीन विकेट लिए । त्यस्तै इमरान ताहिर र कागिसो रबाडाले समान दुई दुई विकेट लिदाँ एन्डिले फेलुक्वायोले एक विकेट लिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।