काठमाडौं- नेपाली राष्ट्रिय फुटबल टोलीका पहिलो राजाईका गोलरक्षक किरण चेम्जोङले माल्दिभ्सको ए डिभिजन क्लब टिसी स्पार्टससँगको सम्झौता रद्द गरेका छन् । उनले नेपाली राष्ट्रिय टोलीको मैत्रिपूर्ण खेललाई प्राथमिकतामा राख्दै टिसी स्पार्टससँगको सम्झौता रद्द गरेका हुन् ।
दोस्रो सिजन माल्दिभ्सको लिग खेल्ने तयारीमा रहेको किरणसँगको सम्झौता क्लवले रद्द गरेको हो । किरण र टिसी स्पोर्टसबीच मौखीक रुपमा सहमती भएपनि आधिकारीक रुपमा कागजी प्रक्रिया हुन बाँकि थियो ।
यसअघि लिगमा उत्कृष्ट प्रदर्शन गरेका किरणलाई नेपाली टोलीका मुख्य प्रशिक्षक योहान कालिनले नेपाल बोलाउने निर्णय गरे पछि किरणले मैत्रीपूर्ण खेललाई प्रथामिकता दिएका हुन् ।
मैत्रिपूर्ण खेललाई प्राथमिकता दिँदै क्लबसँग समयमाग्दा क्लबले समय नमिल्ने बताए पछि उनले क्लबसँगको सम्झौता रद्द गरेको बताए । नेपालले जुन २ मा मलेसिया र जुन ६ मा चाइनिज ताइपेइसँग खेल्ने कार्यक्रम रहेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४