एजेन्सी- बिहिबारबाट इंग्ल्यान्ड र वेल्समा संयुक्तरुपमा सुरु भएको १२ औं संस्करणको विश्वकप एकदिवसीय क्रिकेटमा ओप्निङ बलिङ गर्दैै दक्षिण अफ्रीकाका इमरान ताहिरले इतिहास रचेका छन् । उनले इंग्ल्यान्डविरुद्ध भएको उद्घाटन खेलमा ओप्निङ बिलङ गर्दै विश्वकप इतिहासकै ओप्निङ बलिङ गर्ने पहिलो स्पिनर खेलाडी बनेका हुन् ।
टस जितेर पहिलो फिल्डिङ गर्ने निर्णय गरेको दक्षिण अफ्रीकाका लागि ओप्निङ बलिङ गर्दै पहिलो ओरभमा नै विकेट लिएका थिए । उनले पहिलो बलमा एक रन खर्चादा दोस्रो बलमा इंग्ल्यान्डका जोनी बयरस्टोलाई शुन्य रनमै पेभिलियन फर्काएका थिए ।
खासगरी क्रिकेटमा ओप्निङ बलिङ गर्ने मौका तिब्र गतिका बलरले आउने गर्दछन् । तर, दक्षिण अफ्रीकाका कप्तान फाफ डु प्लेसिसले ४० वर्षीय ताहिरमाथी भरोसा राख्दै ओप्निङ बलिङको जिम्मा दिए । उनले कप्तानलाई पनि निरास हुन दिएनन् ।
पहिलो ओभरको दोस्रो बलमा नै विकेट लिँदै विश्वकपकै अर्को पुरानो रेकमर्डसँग बराबरी गरे । यसअघि सन् १९९२ मा पहिलो पटक विश्वकपको पहिलो ओभरमा विकेट लिएको थियो । उक्त खेलमा न्युजल्यान्डका जोन राइट आउट भएका थिए । ताहिरले इंग्ल्यान्डविरुद्ध १० ओभर गर्दै ६१ रन खर्चेर २ विकेट लिएका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४