सोमबार, चैत ३०, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • इंग्ल्यान्डका चार खेलाडी चम्कदा दक्षिण अफ्रीकालाई विशाल लक्ष्य

इंग्ल्यान्डका चार खेलाडी चम्कदा दक्षिण अफ्रीकालाई विशाल लक्ष्य

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- इंग्ल्यान्डका चार खेलाडी चम्कदा आईसीसी विश्वकप एकदिवसीय क्रिकेटको उद्घाटन खेलमा दक्षिण अफ्रीकालाई ३ सय १२ रनको लक्ष्य सुम्पेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ११ रन जोडेको हो ।
 
इंग्ल्यान्डका लागि चार ब्याट्सम्यानले अर्धशतकीय पारी खेले । बेन स्टोक्सले उत्कृष्ट अर्धशतकीय पारी खेल्दा कप्तान इओन मोर्गन, जोसन रोय र जोइ रुटले अर्धशतकीय पारी खेले । स्टोक्सले ७९ बलमा ९ चौका प्रहार गर्दै ८९ रन जोडको हुन् ।

मोर्गनले ६० बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै ५७ रन जोडे । रोयले ५३ बलमा ७ चौका पहर गर्दै ५४ रनको अर्धशतकीय पारी खेलेका हुन् । त्यस्तै रुटले ५९ बलमा ५ चौकाको मद्दतमा ५१ रनको योगदान दिए । जस बुटलरले १८ र क्रिस वोक्सले १३ रन जोडे ।

दक्षिण अफ्रीका लागि लुन्गी निडीले तीन विकेट लिए । त्यस्तै इमरान ताहिर र कागिसो रबाडाले समान दुई दुई विकेट लिदाँ एन्डिले फेलुक्वायोले एक विकेट लिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।