शनिबार, चैत ११, २०७९

मानस्थलको सुरक्षा अब रोबोटको जिम्मामा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life insurance
worldlink
टोकियो– जापानको नारिता विमानस्थलमा सुरक्षाका लागि रोबोटको प्रयोग गरिने भएको छ। जापानको चिबा प्रिफेक्चरको छिमेकमा रहेको नारिता विमानस्थल मध्य टोकियोमा पर्दछ। यस विमानस्थलमा सुरक्षा प्रयोजनका लागि रोबोटको प्रयोग गरिने भएको अधिकारीहरुले जनाएका छन्। 

यस प्रयोजनका लागि चार ओटा रोबोट परिचालन गरिने छ । स्थानीय सञ्चारमाध्यमहरुले जनाएअनुसार ती रोबोट १.२० मीटर उचाईका छन्। 

ती रोबोटमा ३६० डिग्रीको हिसाबमा निगरानी गर्ने क्यामेरा जडान गरिने छ। ती क्यामेराले सुरक्षाको राम्रो निगरानी राख्ने बताइएको छ।

रोबोटबाट सुरक्षा निगरानी बढाइने यस प्रणाली यही जुन ३ तारिखबाट शुरुआत गरिने उक्त विमानस्थल प्रशासनले बिहीबार विज्ञप्ति प्रकाशन गरी जानकारी दिएको हो।

सन् २०२० मा जापानमा ओलम्पिक खेलकूद हुदैछ। त्यस समयमा निकै धेरै विदेशीहरुको आगमन हुने र सुरक्षाकर्मीरुको पनि आवश्यकता हुनेछ । त्यतिन्जेल पनि यस विमानस्थलमा रोबोटकै प्रयोग गरिने अधिकारीहरुले जानकारी दिएका छन्।

विमानस्थल प्रशासनले दिएको जानकारी अनुसार उक्त विमानस्थलको टर्मिनल १ मा दुई ओटा र टर्मिनल २ मा दुई ओटा रोबोटको जडान गरिने जनाइएको छ। 

जापानले कामदारहरुको संख्या कटौती गर्ने नीति लिइरहेको छ। जसका कारण यसअघि पनि जापानका विभिन्न क्षेत्रमा र विशेषगरी सामान ढुवानी र यातायातमा रोबोटको प्रयोग गरि सकिएको छ।

यसरी कामदार कटौतीको जापानी नीतिलाई अहिलेको रोबोटले पनि प्रबद्र्धन गर्ने अनुमान गरिएको पनि एक समाचारमा जनाइएको छ।
प्रकाशित: Dec 31, 2017| 06:23. 00 आइतबार, पुस १६, २०७४

थप समाचार

राहुल गान्धीको गुम्यो सांसद पद

मोदी सरकारले पछिल्लो समय सरकारी संयन्त्र दुरुपयोग गरी विपक्षीमाथि धरपकड र निगरानी गरिरहेका बेला कंग्रेस आई नेता तथा सांसद राहुलको सांसद पद नै खारेज गरिएको...

दुई वटा रेल एकापसमा ठोक्किंदा ३२ जनाको ज्यान गयो

ग्रीसमा मंगलबार अबेर राति दुईवटा रेल एक आपसमा ठोक्किंदा ३२ जनाको मृत्यु हुनुको साथै कम्तीमा ८५ जना घाइते भएका सीएनएनले जनाएको छ।

लागूऔषध ओसारपसारमा संलग्न आरोपमा १० जना पक्राउ

राजधानी हेरातबाट २९ किलो चरेस र हेरोइन उत्पादनमा प्रयोग हुने सामग्रीका साथ पक्राउ गरिएको हो।