शनिबार, चैत ११, २०७९

सीमामा ७७ नयाँ पिलर

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life insurance
worldlink
धनगढी - नेपाल–भारत संयुक्त सीमा सर्भे टोलीले काम थालेको दुई वर्षमा ७७ वटा नयाँ पिलर निर्माण गरेको छ। संयुक्त सीमा सर्भे टोलीले कैलाली–कञ्चनपुरमा मुख्य र सहायक गरी ७७ वटा नयाँ पिलर निर्माण गरेको जनाएको छ। 

नेपालका तर्फबाट संयुक्त सीमा सर्भे चार नम्बर टोलीका प्रमुख तथा नापी अधिकृत जनकराज भट्टले दोस्रो चरण अन्तरगत गत मंसिरदेखि काम सुरु गरिएकोमा ४९ वटा नयाँ पिलर निर्माण गरिएको जानकारी दिए।

उनका अनुसार दोस्रो चरणमा एक सय वटा पिलर मर्मत सम्भार गरिएका छन्। यसअघि गत वर्ष संयुक्त सीमा सर्भे टोलीले कैलाली–कञ्चनपुरमा २८ वटा नयाँ पिलर निर्माण तथा ७० पिलर मर्मत सम्भार गरेको थियो। विवादित भएको स्थानमा पिलर निर्माण गर्न समस्या भइरहेको संयुक्त सीमा सर्भे टोलीले जनाएको छ। 

कैलाली र कञ्चनपुरका कतिपय स्थानमा अहिले पनि विवाद रहेकाले काम गर्न नसकिएको बताइएको छ तर कतिपय स्थानमा स्थानीयले समझदारी जनाएपछि निर्माणको काम भएको संयुक्त सीमा सर्भे टोलीले जनाएको छ।

कैलालीको मारियाघाटमा गत वर्ष विवादकै कारण काम रोकिएपनि स्थानीयको सहमतीपछि यसवर्ष चार वटा पिलर निर्माण गरिएको नेपालका तर्फबाट संयुक्त सीमा सर्भे टोलीका प्रमुख जनकराज भट्टले जानकारी दिए। तर फुलबारी र कञ्चनपुरको पुनर्वास क्षेत्रमा विवादकै कारण पिलर निर्माण गर्न नसकिएको भट्टले बताए। विवादका कारण फुलबारी क्षेत्रमा ६ वटा पिलर निर्माण हुन नसकेको उनले बताए।
  
गत वर्षदेखि कैलालीको खक्रौलाको पिलर नम्बर ७ सयदेखि सीमा स्तम्भहरूको मर्मत सम्भार र हराएका स्तम्भ खडा गर्ने कार्य थालेको टोलीले विवादित स्थानको समाधान अझै निकाल्न सकेको छैन्। अहिले पनि कैलालीको फुलबारी, नर्सरी भन्ने स्थान र कञ्चनपुरको पुनर्वासका विभिन्न क्षेत्रको सीमा विवाद कायमै छ।

दुवै देशका अधिकारीहरुले संयुक्त सीमा सर्भे प्रगती समिक्षा गरेका छन्। बिहीबार धनगढीमा बसेको दुबै देशका अधिकारीको बैठकमा सीमा सर्भेको प्रगती समीक्षा गरिएको हो। समीक्षा बैठकमा संयुक्त सीमा सर्भे टोलीका साथै कैलाली कञ्चनपुर र सीमावर्ती भारतीय जिल्लाका सुरक्षा अंगका प्रमुखको सहभागिता रहेको थियो। बैठकले सीमा सर्भेका क्रममा देखिएका असमझदारी र समस्यालाई वार्ताको माध्यमबाट हल गरी अगाडि बढ्ने सहमती भएको कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोराले जानकारी दिए।
प्रकाशित: Dec 31, 2017| 06:23. 00 आइतबार, पुस १६, २०७४

थप समाचार

असनमा पाहाँ चह्रेको रौनक[तस्बिर/भिडियो]

स्थानीय नेवार समुदायको यो दसैंपछिको ठूलो पर्व हो। नेपाल भाषामा पाहाँको अर्थ पाहुना र चह्रे भन्नाले चतुर्दशी हो।

चितवनमा आठ महिनामा २१४ दुर्घटना

चालु आर्थिक वर्षको आठ महिनामा जिल्लामा दुई सय १४ दुर्घटना भएका छन्। जिल्लामा भएका दुर्घटनामा परी ४९ जनाको मृत्यु भएको छ।

तामझामबिनै कुमारी घर पुगे राष्ट्रपति पौडेल, सर्वसाधारणलाई रोकिएन

राष्ट्रपति पौडेल एक–एक वटा सुरक्षाकर्मीका गाडी अघिपछि लगाएर दिउँसो ४ बजे कुमारी दर्शनका लागि गएका हुन्।