शनिबार, असोज १७, २०८३

शिल्पाले भनिन्- मेरो फिल्म 'हंगामा–२' हेरिदिनु होला

बलिउड अभिनेत्री शिल्पा शेट्टी यतिबेला गहिरो समस्याको सामना गरिरहेकी छिन्। समस्या ल्याएका हुन उनका श्रीमान अर्थात व्यापारी राज कुन्द्राले।
 |  आइतबार, साउन १०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, साउन १०, २०७८

बलिउड अभिनेत्री  शिल्पा शेट्टी यतिबेला गहिरो समस्याको सामना गरिरहेकी छिन्। समस्या ल्याएका हुन उनका श्रीमान अर्थात व्यापारी राज कुन्द्राले। 

भारत प्रहरीले राज कुन्द्रालाई अश्लील फिल्म बनाएको आरोपमा गिरफ्तार गरेको छ। अहिले उनी प्रहरी नियन्त्रणमा छन्।

श्रीमान् प्रहरी नियन्त्रणमै रहेका बेला अभिनेत्री शिल्पाले आफ्नो नयाँ आउन लागेको फिल्म हंगामा–२ हेर्न सर्वसाधमारणलाई अपिल गरेकी छन्।

हंगामा–२ ओटीटी प्लेट फार्ममा रिलिज हुने छ। शिल्पाका श्रीमान कुन्द्रालाई २३ तारिकमा अनुसन्धानका लागि भन्दै प्रहरीले हिरासतमा लिएको छ।

शिल्पाले सामाजिक सञ्जाल इन्स्टाग्राममा फिल्मको पोष्टर सार्वजनिक गर्दै फिल हेर्न सर्वसाधारणलाई अनुरोध गरेकी हुन्। पोष्टर सेयर गर्दै शिल्पाले आफू योग अभ्यास गर्ने र त्यसले दिएको शिक्षामा विश्वास गर्ने बताएकी छन्।

'जिन्दगी जुन क्षणमा हुन्छ त्यहि वर्तमान हो। हंगामा–२ को पुरा टिमको नतिजा आएको छ। यसमा सबैले कडा मेहेनत गरेका छन्। यसको असर फिल्ममा कुनै हालतमा पनि पर्नु हुन्न,’उनले लेखेकी छन्।

मुम्बई प्रहरीले शुक्रबार शिल्पाको बयान लिनुका साथै घरमा खोजतलास गर्दा उनका ल्यापटपसमेत जफत गरेको छ। प्रहरीले शिल्पा उनका श्रीमानको कम्पनी विवान इन्डस्ट्रिजकी निर्देशक भएकाले उनको बयान लिइएको जाएको छ।

शिल्पाले कम्पनीको निर्देशकबाट राजीनामा दिइससकेकी छन्। उनले पुरै परिवारका साथ हंगामा हर्न आग्रह गरेकी छन्। शिल्पा लामो समयपछि हंगामा–२ मार्फत कमब्याक भएकी हुन्।

प्रकाशित: Jul 25, 2021| 06:40 आइतबार, साउन १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।