काठमाडौं- मलेसिया र चाईनिज ताईपेसँग मैत्रिपूर्ण खेल खेल्ने जाने नेपाली राष्ट्रिय फुटबल टोलीको बिहिबार बिदाई गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले त्यसतर्फ दुई अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेल खेल्न जान नेपाली टोलीको विदाई गरेको हो ।
नेपालले पहिलो मैत्रिपूर्ण खेल मलेसियासँग खेल्ने छ । मेसियासँगको खेल २ जुनमा हुनेछ भने चाईनिज ताईपेसँगको दोस्रो खेल ६ जुनमा खेल्ने छ । विराज महर्जनको कप्तानीमा यसअघिनै २३ सदस्यीय नेपाली टोलीको घोषणा भैसकेको छ ।
२३ सदस्यीय नेपाली टोली बिहिबार नै मलेसिया प्रस्थान गर्नेछन् । तर, यस टोलीमा भने भरत खवास र विमल घर्ती मगरलाई समावेश गरेको छैन् । भरत चोटका कारण टोली बाहिर रहेका हुन् भने विमललाई प्रशिक्षक योहान कालिनले फिटनेसमा कमजोर भएका कारण टिममा नराखिएको हो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४