मंगलबार, असार २३, २०८३

नेपाली राष्ट्रिय टिमका खेलाडी ओमन प्रस्थान

आईसीसी एक दिवसीय विश्वकप लिग २ का चार खेल र पपुवा न्युगिनीसँग दुई मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय क्रिकेट टिम ओमन प्रस्थान गरेको छ।
 |  मंगलबार, भदौ ८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ८, २०७८

काठमाडौं– आईसीसी एक दिवसीय विश्वकप लिग २ का चार खेल र पपुवा न्युगिनीसँग दुई मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय क्रिकेट टिम ओमन प्रस्थान गरेको छ।

नेपाल क्रिकेट संघ (क्यान)ले आज खेलाडीलाई भर्चुअल बिदाई गरेको हो। नेपालले ओमनमा ओमन र अमेरिकासँग समान २–२ खेल खेल्नेछ। त्यो खेल विश्वकप लिग-२ अन्तर्गतको हुनेछ।

नेपालले अत्यसअघि घरेलु मैदानमै ओमन र अमेरिकासँग दुई/दुई खेल खेलिसकेको छ। जहाँ नेपालले अमेरिकालाई हराएको छ भने ओमसँग हार बेहोरेको छ।

अंकतालिकामा नेपाल पुछारबाट दोस्रो स्थानमा। नेपालको चार अंक छ। शीर्षस्थानमा रहेको ओमनको २६ अंक छ।

ओमन भ्रमणमा रहेका खेलाडी

ज्ञानेन्द्र मल्ल, दिपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, गुलशन झा, आरिफ शेख, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, सन्दिप लामिछाने, पवन सराफ, अविनाश बोहरा, रोहित पौडेल, सुशन भारी, शरद भेषवकर र बिक्रम शोब रहेका छन्।

प्रशिक्षक र अफिसियल

डेभ वाटमोर, मोहम्मद दाउद अन्सारी, रमण शिवाकोटी, विक्रम न्यौपाने र राशेक काशिभाई गाहिल रहेका छन्।

प्रकाशित: Aug 24, 2021| 09:19 मंगलबार, भदौ ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।