सोमबार, चैत ३०, २०८२

विश्‍वकपः उद्घाटन खेलमा इंग्ल्यान्ड र दक्षिण अफ्रिका भिड्दै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- १२ औं संस्करणको आईसीसी विश्वकप एकदिवसीय क्रिकेटको महाकुम्भ आज (बुधबार) देखी सुरु हुँदै छ । विश्वकपको उद्घाटन खेलमा आयोजक इंग्ल्यान्डले दक्षिण अफ्रीकाको सामना गर्दै छ । खेल इंग्ल्यान्डको घरेलु मैदान दि ओभलमा नेपाली समय अनुसार दिउँसो ३:१५ बजे सुरु हुने छ । 

दुबै टोली पहिलो खेलमा एक अर्कालाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गर्ने लक्ष्यका साथ मैदानमा उत्रिने छन् । आईसीसी एकदविसीय वरियताको पहिलो स्थानमा रहेको इंल्यान्डले तेस्रो स्थानमा रहेको दक्षिण अफ्रीकाको सामना गर्दा खेल निकै रोमाञ्चक हुने अनुमान गर्न सकिन्छ । 

हाल सम्म इंग्ल्यान्डले तीन पटक विश्वकपको फाइनल खेल्दा उपाधि जित्न सकेको छैन भने यता दक्षिण अफ्रीकाले भने फाइनलमा स्थान बनाउन सकेको छैन् । सन् १९९२ पछि पहिलो पटक राउन्ड रोबिन पद्वतीमा खेलाईने यस विश्वकपका खेल करिब ४८ दिनमा चल्नेछ । यस दौरान सहभागी १० टोलीले कुल ४६ खेल खेल्नछन् । 

सहभागी सबै १० टोलीले एक अर्कासँग खेल्ने छन् । एक अर्कासँगको प्रतिस्पर्धापछि आएको नतिजा अनुसार शीर्ष चार टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । यसपछि फाइनल खेल्ने टोलीको टुङ्गो लाग्ने छ ।

विश्वकप खेल्ने इंग्ल्यान्डको पूर्ण टोली 

इओन मोर्गन ९कप्तान०, मोईन अली, जोनी, लियाम डसन, जोफ्रा आर्चर, जेम्स भिन्स, बयरस्टो, जस बटलर, टम करन,  लियाम प्लन्केट, जोसन रोय, आदिल रासिद, जो रुट, बेन स्टोक्स, क्रिस वोक्स र मार्क वुड । 

विश्वकप खेल्ने दक्षिण अफ्रीकाको पूर्ण टोली

फाफ डु प्लेसिस ९कप्तान०, हसिम अमला, इमरान ताहिर, क्विन्टन डी कक, जेपी ड्युमिनी, लुन्गी निडी, कागिसो रबाडा, क्रिस मोरिस, एन्डिले फेलुक्वायो, डेविड मिलर, ड्वेन प्रिटोरियस, तबरेज शम्सी, एडेन मार्कराम र डेल स्टेन, रस्सि भान डर दुसेन।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।