सोमबार, चैत ३०, २०८२

धुर्मुसले बनाउन लागेको रंगशालाको काम रोकियो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- चितवनमा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानको निर्माण कार्य स्थगित भएको छ ।

स्थानीयको नाम लिँदै अराजक व्यक्तिहरुले डोजर लगाएर निर्माणाधिन मैदान वरिपिर लगाएको तारबार तहस नहस पारेपछी सुरक्षाको पुर्ण अनुभूति नभएसम्मकालाई निर्माण कार्य स्थगित गरिएकोधुर्मुस सुन्तली फाउन्डेसनले एक विज्ञप्ती मार्फत जनाएको छ । 

नेकपाका स्थानीय नेता प्रकाश कँडेलको नेतृत्वमा रहेका एक समूहले बाटोको माग गर्दै डोजर प्रयोग गरेर तारबार भत्काएका थिए । फाउण्डेशनले प्रेस विज्ञप्ति निकाल्दै अराजक समूहबाट सुनियोजित ढंगबाट निर्माणाधीन रंगशालामा ठुलो क्षति पुर्राएको जनाएको छ । अब उक्त निर्माण कार्यमा संलग्न कर्मचारी र कामदारको ज्यान धनको सुरक्षामा खतरा पर्ने भएकाले सुरक्षाको पुर्ण अनुभूति नभएसम्मका लागि निर्माण कार्य स्थिगत हुने जनाएको छ ।

धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण चितवनको भरतपुरमा भरतपुर महानगरपालिकाले उपलब्ध गराएको जग्गामा रंगशालाको निर्माण कार्य थालिएको थियो ।  डीपीआर तयार भएको २ वर्षभित्र निर्माण सम्पन्न हुने रंगशाला निर्माणको लागि ३ अर्ब लाग्ने बताईएको छ । तर, रंगशालाको डीपीआर बन्दै गरेको अवस्थामा निर्माण कार्य रोकिएको हो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।