आइतबार, साउन २४, २०८३

विश्वकप क्रिकेट भोलिदेखी, ११ केजीको ट्रफी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- आईसीसी विश्वकप एकदिवसीय क्रिकेटको महाकुम्भ भोलीदेखी सुरु हुँदै छ ।  इंग्ल्यान्ड र वेल्साम संयुक्त रुपमा आयोजना हुने यस विश्वकपको उद्घाटन खेलमा आयोजक इंग्ल्यान्ड र दक्षिण अफ्रीकाबीच प्रतिस्पर्धा हुने छ । खेल नेपाली समय अनुसार दिउँसा ३:१५ बजे सुरु हुने छ । 

करिब ४८ दिनसम्म चल्ने यस क्रिकेटको महाकुम्भमा कुल ४६ खेल हुनेछन् । २७ वर्ष पछि राउन्ड रोबिन पद्वतीमा खेलाईने भएकाले पनि यो विश्वकप निकैनै रोमाञ्च हुने अनुमान गर्न सकिन्छ । किनकी सहभागी सबै टोलीले एक अर्कासँग प्रतिस्पर्धा गर्ने छ । 

सन् १९९२ पछि पहिलो पटक विश्वकप २०१९ राउन्ड रोबिन पद्वतीमा खेलाईदै छ । जहाँ सहभागी सबै १० टोलीले एक अर्कासँग खेल्ने छन् । एक अर्कासँगको प्रतिस्पर्धापछि आएको नतिजा अनुसार शीर्ष चार टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । यसपछि फाइनल खेल्ने टोलीको टुङ्गो लाग्ने छ । 

ट्रफीको तौल ११ केजी

आईसीसी विश्वकप एकदिवसीय क्रिकेट प्रतियोगिताको विजेता टोलीलाई प्रदान गरिने ट्रफीको तौल लगभग ११ केजी रहेको छ । उक्त सुन र चाँदीले बनेको ट्रफीको उचाँई ६० सेन्टिमीटर रहेको छ । 

विश्वकप विजेता टोलीले प्रथम पुरस्कार स्वरुप ४० लाख अमेरिकी डलर प्राप्त गर्ने छ । त्यस्तै उपविजेताले २० लाख अमेरिकी डलर प्राप्त गर्ने छ । सेमिफाइनलमा पराजित हुने टोलीले ८ लाख अमेरिकी डलर प्राप्त गर्दा जम्मा १६ लाख अमेरिकी डलर प्राप्त गर्ने छ । प्रत्यक लिगको विजेताले ४० हजार अमेरिकी डलर प्राप्त गर्ने छ भने समूह चरण पार नगर्ने टोलीले १ लाख अमेरिकी डलर प्राप्त गर्ने छ ।  
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।