काठमाडौं- माइकल इन्टोनियो अहिले वेस्ट हामबाट इंग्लिस प्रिमियर लिगमा सर्वाधिक गोलकर्ता बनेका छन्। जसले उनलाई सोमबार राति लन्डन रंगशालाको मैदानमै नृत्य गर्ने मात चढायो।
उनले लेस्टरसिटीविरुद्धको ४–१ गोलको जितमा शीर्ष डिभिजनमा ४८औं गोल गरेपछि उनले निकै रोचरक ढंगले गोल उत्सव मनाए। उनले त्यो गोलसँगै पाउलो डि क्याओको रेकर्ड तोडेका हुन्।
यो सिजनबाट ९ नम्बरको जर्सी पाएका उनले आफ्नै कार्टबोर्ड कटआउटलाई उचालेर ‘किस’ गरेका थिए। खेलाडीका लागि यो समय हलिवुड फिल्मको सुटिङ भइरहेको जस्तो देखाउँथ्यो।
‘हामीले पछिल्लो हप्ता कुरा गरिरहेका थियौं– कीर्तिमानी गोलका लागि सबैभन्दा राम्रो उत्सव के हुनसक्ला? भनेर मैले प्रश्न गरेको थिएँ। ‘सेभ द लास्ट डान्स!’ एन्टोनियोले भने। उनले ४७ गोलको रेकर्ड तोडेर ४८ गोलको रेकर्ड मात्र बनाएनन्। त्यसलाई ४९ गोलमा पुर्याएका छन्।
४० मिनेटबाटै १० खेलाडीमा समेटिएको लेस्टरका योउरी टेलेमन्सले ६९औं मिनेटमा गोल गरेका थिए। एन्टोनियोले अन्तिममा दुई गोल गरेपछि वेस्ट हाम अहिले प्रिमियर लिगको शीर्षस्थानमा छ।
सोमबार रातिको खेलमा उनले टिमका लागि चौथो गोल गरेसँगै नयाँ रेकर्डबाट एक गोल थपेका थिए। एन्टोनियोले ८०औं मिनेटमा डेकलान रिसले दिएको पासको सदुपयोग गर्दै पाउलोको रेकर्ड तोडेका थिए।
त्यसपछि खेलको ८४औं मिनेटमा भ्लादिमिर काउफलको पासमा उनले क्लबका लागि ४९औं गोल गरे। त्यसअघि वेस्ट हामका पावलो फनल्स र सैड बेन्राहमले गोल गरिससकेका थिए। ४० मिनेटबाटै १० खेलाडीमा समेटिएको लेस्टरका योउरी टेलेमन्सले ६९औं मिनेटमा गोल गरेका थिए।

एन्टोनियोले अन्तिममा दुई गोल गरेपछि वेस्ट हाम अहिले प्रिमियर लिगको शीर्षस्थानमा छ। गोल गरिसकेपछि सेलिब्रेसन कस्तो गर्ने सवालामा एन्टोनियोले टिममा भनेका थिए, ‘सायद मलाई कसैले बच्चा जसरी उठाउँछ? म बच्चा हुन चहान्थे तर ९४ किलोग्रामको छु नि त। अनि मैले कार्डबोर्ट कटआउट पाएँ र त्यो उठाएँ।’
त्यसपछि उनले २००१ को अमेरिकी किशोर नृत्यको फिल्मको शैलीमा नृत्य गरेर देखाएका थिए। त्यो नाच कताकता नृत्य केन्द्रित फिल्म ‘बेबी’ र ‘डर्टी डान्सिङ’ को ‘आइकोनिक लिफ्ट सिन’ जस्तो पनि देखिन्थ्यो। त्यसैले बीबीसीले त्यसलाई मिश्रित डान्स लेखेको छ।
खैर जुनसुकै फिल्मबाट प्रेरित भए पनि उनको नृत्य हेर्न लाएक थियो। उनको त्यो कीर्तिमानी उत्सव देखेर प्रशिक्षक डेभिड माइज के गर्ने भन्ने दोधारमा देखिन्थे। ‘म उत्ससुक थिएँ भन्ने लाग्दैन,’ प्रशिक्षक मोइजले भने। यद्यपी प्रशिक्षक मोइज इन्टोनियोको प्रदर्शन र उत्सव देखेर निकै खुसी भएको बताए।
‘उनले पहिलो हाफमा जसरी खेले त्यो देखेर म निकै दुखी छु। तर, हाफ टाइममा मैले के भनेँ र त्यसपछि एन्टोनियोको प्रदर्शन कस्तो भयो त्यसले मलाई निकै खुसी बनायो,’ उनले भने।