काठमाडौं- सरकारले करिब साढे १५ अर्बको बजेट आज सार्वजनिक गर्दैछ ।
संघीय संसद्का दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रिय सभा)को साँझ ४ बजे बस्ने संयुक्त बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट प्रस्तुत गर्ने कार्यक्रम छ । यस वर्ष सरकारले सार्वजनिक गर्ने बजेट दोस्रो पूर्ण संघीय बजेट हो । बजेटको सम्पूर्ण तयारी करिब पूरा भएको अर्थ मन्त्रालयले जनाएको छ ।
यसवर्षको बजेटमा लोकरिझ्याइँका कार्यक्रम समावेश रहेको स्रोतले जनाएको छ। अर्थमन्त्री खतिवडाले बजेटमा उत्पादनमूलक क्षेत्रको लगानी र उत्पादन विकासलाई प्राथमिकतामा राखेको जनाइएको छ । निजी क्षेत्रलाई उत्पादनमूलक उद्योग सञ्चालनका लागि आकर्षक प्याकेज ल्याउन लागिएको स्रोतले दबी छ ।
यसबाहेक बजेटमा ऊर्जा (उत्पादन र प्रसारण) तथा यातायात (कनेक्टिभिटी) लाई विशेष प्राथमिकतामा राखिएको छ। राष्ट्रपति महिला उत्थान कार्यक्रम, प्रधानमन्त्री रोजगार कार्यक्रमलाई निरन्तरता दिइएको छ।
यस्तै यसपटकको बजेटले कर्मचारीको तलव र वृद्धभत्ता बढाउने भएको छ । अर्थ मन्त्रालय स्रोतका अनुसार वृद्धभत्ता एक हजार रुपैयाँसम्म वृद्धि गर्ने तयारी भएको छ । कर्मचारीको तलब २०–२५ प्रतिशतसम्म बढ्न सक्ने बताइएको छ।
चालू आर्थिक वर्षका लागि संघीय सरकारको बजेट १३ खर्ब १५ अर्बको थियो । मध्यावधि समीक्षामार्फत खर्चको आकार घटाई ११ खर्ब ९९ अर्बमा झारिएको थियो । तर, यस अवधिमा पुँजीगत खर्च भनेजम्मा ४४ प्रतिशत मात्रै भएको छ ।
समग्र खर्च पनि यस वर्ष निराशाजनक नै छ । आर्थिक वर्ष सकिन डेढ महिना मात्रै बाँकी हुँदा जम्मा ५७ प्रतिशत मात्रै बजेट खर्च भएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४