आइतबार, साउन २४, २०८३

बजेटको नयाँ ‘सिलिङ’  १५ खर्ब ७७ अर्ब

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – बजेटको पूर्वसन्ध्यामा राष्ट्रिय योजना आयोगले बजेटको सिलिङ बढाएको छ। मंगलबार राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राध्यापक डा.पुष्पराज कँडेलको अक्ष्यक्षतामा बसेको स्रोत समितिको बैठकले बजेटको सिलिङ झण्डै एक खर्ब बढाएको हो।

आयोगले आगामी आर्थिक वर्षको लागि १५ खर्ब ७७ अर्ब ७० करोडको बजेट सिलिङ दिएको छ। यसअघि आयोगले अर्थमन्त्रालयलाई १४ खर्ब ९३ अर्बको सिलिङ दिएको थियो।

तर एक्कासी बजेट आउनुभन्दा २४ घण्टा अघिमात्रै बजेटको आकारमा परिवर्तन हुनुले सबैलाई अचम्मित पारेको छ। बजेट मागको दबाब अर्थमन्त्रालय र योजना आयोगले थेग्न नसकेका कारण अन्तिम समयमा भएपनि बजेटको सिलिङ बढाउनका लागि बाध्य भएको राष्ट्रिय योजना आयोगको उच्च स्रोतले जानकारी दिएको छ।
 
‘विभिन्न मन्त्रालयबाट आयोगले दिएको सिलिङ भन्दा झण्डै दुई अर्ब बढी बजेटको माग आएको छ, ति मागहरु जसरीपनि परिपूर्ति गनुर््पर्ने अवस्था आएको छ, दुई तिहाइको सरकार भएको बेलामा पनि आफ्ना कार्यक्रमहरु हाल्न नपाएको भन्दै धेरै ठाउँबाट दबाब आएपछि अर्थमन्त्रालयको आग्रहमा आयोगको मंगलबार बसेको बैठकले सिलिङ बढाउने निर्णय गरेको हो।’ स्रोतले भन्यो।

तर, आयोगका उपाध्यक्ष प्रा.डा.पुष्प कडेलले भने बजेटको सिलिङ बढाएको नभएर रिभ्यु मात्र गरिएको बताए। उनले विभिन्न मन्त्रालयहरुले बजेटको माग बढाएका र कतिपय कार्यक्रमहरुमा बजेट विनियोजन गर्नुपर्ने देखिएकोले स्रोत समितिको बैठकले बजेटको सिलिङमा रिभ्युमात्र गरिएको जानकारी दिए। 

स्रोत समितिको बैठकले यसअघि मध्यकालिन् खर्च संरचनामा उल्लेखित अंकलाई नै नयाँ सिलिङ तोकेको हो। योजना आयोगले प्रकाशन गरेको खर्च संरचनामा आगामी आर्थिक वर्षमा १५ खर्ब ७७ अर्ब ७० करोड रुपैयाँको बजेट अनुमान गरिएको थियो। 

अर्थमन्त्रालयले रातो किताब छपाइको लागि मंगलबार बिहानै पठाइसकेको छ। रातो किताबमा नै बजेटको अंक हुनेभएकोले १५ खर्बको हाराहारीमा नै बजेट आउने सम्भावना रहेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।