सोमबार, चैत ३०, २०८२

धोनी र राहुलको शतकमा बंगलादेशलाई विशाल लक्ष्य

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- पूर्व कप्तान महेन्द्र सिंह धोनी र केएल राहुलको शतकको मद्दतले भारतले बंगलादेशलाई ३ सय ६० रनको लक्ष्य सुम्पेको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारले ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय ६० रन जोडेको लक्ष्य सुम्पेको हो । 

खराव सुरुवात गरेको भारतका लागि धोनी र राहुलले शतकीय पारी खेले । धोनीले ७७ बलमा ८ चौका र ७ छक्का प्रहार गर्दै ११३ रनको शतकीय पारी खेलेका हुन् । त्यस्तै राहुलले १०८ रनको शतकीय पारी खेले । उनले ९९ बलामा १२ चौका र ४ छक्का प्रहार गर्दै १०८ रनको योगदान दिए । 

कप्तान विरानट कोहली अर्धशतक बनाउनबाट मात्र तीन रनले चुके । उनले ४६ बलमा ५ चौका प्रहार गर्दै ४७ रन जोडे । रोहित शर्मा १९ तथा हार्दीक पाण्डेयले २१, रबिन्द्र जडेजाले ११ रनको योगदान दिए । 

बंगलादेशका लागि रुबेल हुसेन र साकिब अल हसनले समान दुई दुई विकेट लिए । त्यस्तै मुस्ताफिजुर रहमन, मोहम्मद सैफुदिन र सबिर रहमनले समान एक एक विकेट लिए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।