सोमबार, चैत ३०, २०८२

आर्मीको लगातार तेस्रो जित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- विभागीय टोली त्रिभुवन आर्मीले तेस्रो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा प्रतियोगितामा लगातार तेस्रो जित निकालेको छ । मुलपानी क्रिकेट मैदानमा मंगलबार भएको खेलमा कर्णाली प्रदेशलाई ११७ रनको फराकिलो अन्तरले पराजित गर्दै आर्मीले लगातार तेस्रो जित निकालेको हो । 

आर्मीले दिएको २ सय ९१ रनको लक्ष्य पछ्याएको कर्णालीले ३५.१ ओभरमा सबै विकेट गुमाउँदै मात्र १ सय ७घ रन बनाउन सक्यो । कर्णालीका लागि सुशान्त थापाले सर्वाधिक ३१ रन जोडे । उनले ३५ बलमा ५ चौका प्रहार गर्दै ३१ रन जोडेका हुन् । 

त्यस्तै २८ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै ललित प्याकुरेलले अविजित २८ रन जोडे । ३३ बलमा ३ चौका सहित दिवान पुनले २६,  युनिश सिंहले २०, रविन्द्र शाहीले १३ र दिनेश अधिकारीले ११ रन जोड्न बाहेका अन्य ब्याट्सम्यानले दोहोरो रन जोड्न सकेनन् । आर्मीका लागि सुशन भारीले ४ विकेट लिए । त्यस्तै साहब आलम र करण केसीले २-२ तथा हरी चौहान र कुसल मल्लले समान एक एक विकेट लिए । 

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आर्मीले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ९० रन जोडेको थियो । आर्मीको विशाल लक्ष्यका लागि राजु रिजाल, हरिकृष्ण झा र रोहित पौडेलले अर्धशतकीय पारी खेले । राजुले ७८ बलमा १० चौका प्रहार गर्दै ६६ रनको अर्धशतकीय पारी खेलेका हुन् । त्यस्तै रोहितले ५१ बलमा ४ चौकाको मद्दतमा ५६ रन जोड्दा हरिकृष्णले १०० बल खेल्दै ४ चौका सहित ५२ रनको योगदान दिए । 

करण केसीले २८, साहब आलम र लोकेन्द्र चन्दले १६-१६ तथा हरि चौहानले ११ रनको योगदान दिएका थिए । कर्णाली प्रदेशका लागि ललित प्याकुरेलले ५, रबिन्द्र शाहीले २ र प्रकाश जौशीले एक विकेट लिए । यस जितसँगै आर्मीले समूह ‘बी’ मा ३ खेलबाट ६ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।