आइतबार, साउन २४, २०८३

कोठा खोज्ने ठग प्रहरी फन्दामा 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – उपत्यकामा कोठा भाडामा लगाइदिने र मिलाइदिने भन्दै ठगी गर्ने एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

महानगरीय अपराध माहाशाखले ठगी गर्दै हिड्ने भोजपुर साल्पा सिलिछो–९ का रामचन्द्र भट्टराईले जुम्लाबाट पक्राउ गरी काठमाडौं ल्याएको छ। पक्राउ परेका भट्टराईले ‘रुम फ्ल्याट रेन्ट ईन काठमाडौं’ नामक फेसबुक पेज बनाई एकजना ग्राहकबाट १५ सयदेखि चार हजारसम्म असुल्ने गरेका थिए।

उनले आईएमई पे वालेट र ई सेवामार्फत कोठा खोज्नु अघि सेवाग्राहीबाट रकम लिने गरेका थिए। पैसा लिएपछि उनी सम्पर्क विहीन हुने गरेका महाशाखाले जनाएको छ।

भट्टराईले जुम्लामा बसेर काठमाडौंमा कोठा खजिदिने भन्दै २५० बढीलाई ठगेका प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। प्रहरीले उनको साथबाट एक थान ल्यापटप, २ मोवाईल, पेनड्राईभ, विभिन्न बैंकका ५ वटा चेक, पाँचवटा एटिएम बरामद गरेको छ। पीडितको उजुरीपछि उनलाई महाशाखाले जुम्लाबाट पक्राउ गरि काठमाडौं ल्याएको हो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।