सोमबार, चैत ३०, २०८२

पारस र सुर्य चम्कदा प्रदेश तीनको दोस्रो जित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- प्रदेश तीनले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ । मंगलबार कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको खेलमा गण्डकी प्रदेशलाई ७ विकेटले पराजित गर्दै प्रदेश ३ ले दोस्रो जित निकालेको हो ।

गण्डकी प्रदेशले दिएको १०९ रनको सामान्य लक्ष्य पछ्याएको प्रदेश ३ ले २२.२ ओभरमा मात्र ३ विकेट गुमाएर भेट्टायो । प्रदेश ३ का लागि आदील खानले अविजित ३८ रन जोडे । उनले ५२३ बलमा ५ चौका पै्रहार गर्दै ३८ रनको योगदान दिएका हुन् । 

त्यस्तै इशान पाण्डेले ४० बलमा ४ चौका प्रहार गर्दै अविजित २६ रन जोडे । रित गौतमले २० र रविन जोशीले ११ रन जोडे । गण्डकी प्रदेशका लागि किशोर महतोले २ तथा विपिन खत्रीले १ विकेट लिए । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको गण्डकीले ३०.१ ओभरमा सबै विकेट गुमाउँदै १०८ रन बनाएको थियो । गण्डकीका लागि सुमा घिमिरेले सर्वाधिक ३४ रन जोडे । उनले ३२ बलमा १ चौका र ३ छक्का प्रहार गर्दै ३४ रन जनेडेका थिए । 

त्यस्तै आकाश थापाले ४६ बलमा २ चौका प्रहार गर्दै २८ रन जोडे । राहुल शर्माले १२ रन जोड्दा अन्य ब्याट्सम्यानले भने दोहोर अंकमा रन छुन सकेनन् । ग०डकी प्रदेशलाई सस्तैमा समेट्न प्रदेश ३ का लागि कप्तान पारस खड्का र सुर्य तामाङले ४-४ विकेट लिए भने नन्दन कुमार यादबले २ विकेट लिए । 

जितसंगै समूह ’ए’ को प्रदेश ३ ले ३ खेलबाट ४ अंक जोडेको छ । र, प्रदेश ३ शीर्ष स्थानमा उक्लिएको छ । ४ अंक जोडेको एपीएफ यस समूहको दोस्रो स्थानमा छ । अंकविहीन गण्डकी चौंथो स्थानमा छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।