सोमबार, चैत ३०, २०८२

आफ्ना खेलाडी बेच्दै पोग्बा भित्र्याउने तयारीमा तीन क्लब

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी-  म्यानचेस्टर युनाइटेडका फ्रेन्च स्टार खेलाडी पाउल पोग्बालाई अनुबन्ध गर्न दुई क्लबको कसरत चलेको छ । उनलाई आफ्नव क्लबम अनुबन्ध गर्न इटालियन सिरी ए  क्लब युभेन्टस र स्पेनिस ला लिगा क्लब रियल मड्रिड कसरतमा छन् । केहि समय अघि बार्सिलोनाले पिन उनलाई अनुबन्ध गर्न खाेजेको समाचार प्रकाशित भएका थिए । पोग्बाबालाई र्सिलोनामा अनुबन्ध गर्न कप्तान लियोनल मेस्सीले सुझाव दिएको जनाएको थियो ।

रियलले यतिबेला आफ्ना १४ खेलाडीलाई बेच्दै केही उत्कृष्ट खेलाडी अनुबन्ध गर्न चाहेको खुलासा भएको छ । रियलले यस सिजन आफुले बेच्न चाहेका १४ खेलाडीको नामावली यस अघीनै सार्वजनिक गरि सकेको थियो । 

रियलले चेल्सी फरवार्ड इडेन हाजार्ड र पोग्बालाई अनुबन्ध गर्न विशेषा चासो देखाएको छ । त्यस्तै पिएसजीका दुई स्टार खेलाडी केलियन एमबाप्पे र नेयमारलाई पिन आफ्नो विकल्पको रुपमा राखेको जनाएको छ । 

यता इटालियन मिडियाका अनुसार युभेन्ट्सले आफ्ना पूर्वखेलाडीसमेत रहेका पोग्बालाई अनुबन्ध गर्न दुई खेलाडी दिने बताएको छ । नयाँ सिजनमा आफ्नो फितलो मिडफिल्डलाई मजबुत बनाउन युभेन्टसले पोग्बा भित्र्याउन चाहेको हो । युभेन्टसले आर्सनलबाट आरोन रामेसीलाई अनुबन्ध गरिसकेको छ ।

युनाइटेडका पोग्बा अनुबन्ध गर्न युभेन्टसले ब्राजिलियन लेफ्ट ब्याक एलेक्स सान्ड्रो र अर्जेन्टिनी फरवार्ड पाउलो डिबाला दिन तयार भएको रिपोर्टले जनाएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।