आइतबार, साउन २४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • संसदमा पेस भयो आर्थिक सर्वेक्षण : १८.७ प्रतिशत नेपाली गरिबीको रेखामुनि

संसदमा पेस भयो आर्थिक सर्वेक्षण : १८.७ प्रतिशत नेपाली गरिबीको रेखामुनि

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - अर्थमन्त्री डा. युवराज खतिवडाले चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर ७ प्रतिशतले हुने बताएका छन्। प्रतिनिधिसभामा आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै आर्थिक वर्षको अन्तिममा ७ प्रतिशत आर्थिक वृद्धिदर हुने अनुमान पेस गरेका हुन्।

उनले चालू आर्थिक वर्षको आठ महिनासम्म मूल्यवृद्धि ४.२ रहेको जानकारी दिए। उनका अनुसार २१८ उद्योगमा ११ अर्बको बाह्य लगानी प्रतिबद्धता आएको छ।  जसले ७ हजार ९५३ रोजगारी सिर्जना हुने उनले दाबी गरे। डा. खतिवडाले भने, ‘फागुनसम्ममा ४ हजार ७०१ स्थानमा बैंकको शाखा पुगेको छ। यसले जनतामा बैंकिङ पहुँच पुगेको पुष्टि हुन्छ।’ उनले १८.७ प्रतिशत नेपाली निरपेक्ष गरिबीको रेखामुनि रहेको बताए।

डा. खतिवडाले बीमा कम्पनी वृद्धिसँगै उनीहरुले गरेको आक्रामक बजार विस्तारका कारण बीमा व्यवसायको आकार र कारोबारमा पनि वृद्धि भएको बताए। उनका अनुसार अहिले बीमाको बजार १८ प्रतिशतमा पुगेको छ। बीमा समितिका अनुसार गत वर्ष बीमाको बजार १० प्रतिशत थियो।

आर्थिक सर्वेक्षणअनुसार ७७.८ प्रतिशत जनतामा बिजुलीको पहुँच पुगेको छ। यसैगरी १८ प्रतिशत जनतामा नवीकरणीय ऊर्जाको हिस्सा पुगेको तथ्यांक अर्थमन्त्री डा. खतिवडाले पेस गरे। त्यसैगरी नेपालमा ११ सय ४२ मेगावाट बिजुली उत्पादन भएको सर्वेक्षणमा उल्लेख छ।

अर्थमन्त्री डा. खतिवडाले हालसम्म स्थल र हवाईमार्ग प्रयोग गरी ११ लाख ७३ हजार पर्यटक नेपाल भित्रिएको जानकारी दिँदै भूकम्पपछि पुनर्निर्माणमा तीव्रता आएको र हाल ६ लाख ५०० निजी निवास र २६५ सरकारी भवन निर्माण भएको उनले बताए। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।